adv

सुरक्षित गर्भपतन, सञ्चारकर्मीको भूमिका र खोज पत्रकारिता विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

३१ असार,दमक । झापाको दमकमा सुरक्षित गर्भपतन, सञ्चारकर्मीको भूमिका खोज पत्रकारिता विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको ।स्वास्थ्य लाइभ मिडिया प्रालिको आयोजनामा शनिबार दमकको पाथिभरा होटलको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो

उक्त कार्यक्रममा प्रालिका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले प्रस्तुत गरेको तथ्याङ्कअनुसार नेपालमा वार्षिक गर्भपतन गराउनेमहिलाको संख्या दश लाख ४८ हजार रहेको त्यसमध्ये आधाले असुरक्षित गर्भपतन गराउने गरेको

सुरक्षित गर्भपतन गराउनु अपराध होइन, अधिकार हो’, उनले भने–‘तर असुरक्षित गर्भपतन गराउनु चाहिँ कानुन विपरित अपराध हो अहिलेको डेटाले असुरक्षित गर्भपतनको अवस्था भयावह देखाएको

कानूनी मान्यता प्राप्त भए पनि गर्भपतनलाई सुरक्षित बनाउन सरकारले पर्याप्त कदम नचालेको सरोकारवालाहरुले बताएका छन्   महिलाहरुले अझै लुकीछिपी रुपमा असुरक्षित तथा गैरकानूनी रुपमा गर्भपतन गर्ने गरेको अध्ययनले औँल्याएको यसमा निर्णयकमहिला भन्दा पनि पुरुषको बढी भूमिका हुने गरेको

सरकारले भने असुरक्षित गर्भपतन घटाउन कोशिश भइरहेको जनाएको तर, सूचीकृत नभएका स्वास्थ्य संस्था स्वास्थ्यकर्मीहरुलेअसुरक्षित रुपमा गर्भपतन गराएको पाइएको दमक अस्पतालका डा. कृष्ण साहले बताए

कार्यक्रममा गर्भपतन सम्बन्धी तथ्यहरु,गर्भपतनका कारणहरू,सुरक्षित गर्भपतनका असरहरु,सुरक्षित गर्भपतन सेवा लिनेको अवस्थाकाबारेमा चर्चा गरिएको थियो

प्रालिका प्रबन्ध निर्देशक अधिकारी प्रविणकुमार यादवले सहजिकरण गरेको कार्यक्रममा धरान स्थित वीपी कोइराला विज्ञानप्रतिष्ठानका प्रोफेसर डा.श्याम लम्साल, दमक अस्पतालका डा.कृष्ण साह, औषधि व्यवस्था विभाग विराटनगर शाखाका टेकेन्द्र मिश्रलगायतले सुरक्षित गर्भपतनका विषयमा अनुभव तथा तथ्याड्ंकहरू प्रस्तुत गरेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु