adv

डी. कौडिण्य पत्रकारिता पुरस्कार दिपकलाई

साउन,विर्तामोड। पत्रकार देबकुमार आचार्य (डी. कौडिण्य)को स्मृतिमा स्थापित डी. कौडिण्य पत्रकारिता पुरस्कारबाट पत्रकार दिपक अधिकारी सम्मानित भएका छन्

प्रेस सेन्टर नेपालको झापा शाखाले आज विर्तामोडमा एक समारोहबीच अधिकारीलाई २१ हजार रुपैयाँको नगद राशीसहित सम्मानितगरेको हो

गौरीशंकर स्मृति प्रतिष्ठानमा सम्पन्न समारोहका बीच पत्रकार अधिकारीलाई नः  प्रदेश सरकारका मन्त्री राजेन्द्र कार्कीले पुरस्कारहस्तान्तरण गरे।

भद्रपुर निवासी पत्रकार अधिकारी नौलो आवाज साप्ताहिकका सम्पादक हुन् दुई दशकदेखि क्रियाशील उहाँलाई जनयुद्धकालमामाओबादीलाई समर्थन गरेको आरोपमा नेपाली सेनाले बन्दी बनाएर बंकरमा यातना समेत दिएको थियो  

पत्रकार डी. कौडिण्यलाई तत्कालीन नेपाली सेनाले माओबादीको आरोपमा पक्राउ गरेर २०५९ साउन गते चारआलीको व्यारेकमाहत्या गरेको थियो पत्रकार, साहित्यकार राजनीतिज्ञको रुपमा परिचित उनको स्मृतिमा हरेक वर्ष प्रेस सेन्टर झापाले पुरस्कार वितरणगर्दै आएको

कार्यक्रमको अध्यक्षता प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकले गरेका थिए  पुरस्कृत पत्रकार अधिकारीको व्यक्तित्वमाथि प्रेससेन्टरका निवर्तमान अध्यक्ष झुलन रेग्मी डी. कौडिण्यका विषयमा पत्रकार विमल लामिछानेले प्रकाश पारेका थिए

पुरस्कार वितरण समारोहका प्रमुख अतिथि प्रदेश मन्त्री राजेन्द्र कार्कीले पत्रकार, साहित्यकार डि.कौडिन्यप्रति हार्दिक श्रदा सुमन अर्पणगर्दै, डि. कौडिन्य जस्ता नेपाल आमाका हजारौं छोरा हरुको सहादतबाट नेपालमा गणतन्त्र स्थापना भएको बताए त्यस्तै उनले कोशीप्रदेश नामाकरणको बिषयमा उत्पन्न विवाद दीर्घकालीन समाधानका लागि प्रदेश सरकार गम्भीर भएर लाग्ने बताए

समारोहमा सेन्टरका नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, सचिव विमल लामिछाने, प्रदेश अध्यक्ष विनोद घिमिरे, पत्रकार महासंघझापाका अध्यक्ष एकराज गिरी, स्वतन्त्र पत्रकार महासंघका अध्यक्ष नरेन्द्र ढकाल, फोनिजका झापा अध्यक्ष भूमिका सुब्बा, अग्रजपत्रकार तथा डि.कौडिन्य पुरस्कारबाट पूर्व पुरस्कृत दिपिन राई, प्रेस युनियन झापा अध्यक्ष गिरीराज भट्टराई, अग्रज पत्रकार सुव्रतन्यौपाने, नारी सञ्चार गृहकी सहसचिव जोस्ना श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए

सेन्टरका जिल्ला उपाध्यक्ष होमप्रसाद अधिकारीले स्वागत गरेको  कार्यक्रममा सुव्रत न्यौपानेले डि. कौडिन्य पत्रकारिता पुरस्कारकोबढाउन सुझाव दिंदै कोषबृद्धिका लागि ११ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे सेन्टरका जिल्ला सचिव पुष्पा खड्काले सन्चालन गरेकोकार्यक्रममा डि कौडिण्यकी छोरी तृष्णा आचार्यले स्व.वुबाको स्मरण उनको मार्गदर्शनलाई पछ्याउनुपर्ने धारणा राखिन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु