adv

प्रमुख प्रशासकीय अधिकृत निरौलामाथि छानबिन गर्न समिति

१५ दिनमा प्रतिवेदन बुझाउनु पर्ने   

१६ साउन, दमक

सरकारी क्वार्टरमा युवतीसँग मदिरा पिएर अनैतिक हर्कत गरेका दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला समग्र घटना बारे छानबिन गर्न दमक नगरपालिकाले मंगलबार सदस्यीय छानबिन समिति गठन गरेको छ।

मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले सरकारी क्वार्टरभित्रै युवतीसँग मदिरा पिएर मस्ती गरेका प्रमुख प्रशासकीय अधिकृत निरौला यससँगै जोडिएको समग्र घटना बारे आवश्यक छानबिन गर्न दमक नगरपालिकीकी उपप्रमुख रेगिना भट्टराई संयोजक रहेको सदस्यीय समिति गठन गरिएको हो ।

छानबिन समितिका सदस्यहरुमा कार्यपालिका सदस्य सारदा सापकोटा, वडा अध्यक्षहरु धर्मप्रसाद दाहाल (दिपेश), कुबेर भट्टराई राजेन्द्र भण्डारी छन्

समितिले नगरपालिका भित्र अनाधिकृत महिला प्रवेश, मदिरा जन्य सामग्रीको प्रवेश   घटना ढाकछोप गर्न क्वार्टरभित्र गरिएको रङ रोगन लगायत विषयमा छानविन गर्ने दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहाल (दिपेश)ले जारी गरेको विज्ञप्तिमा उल्लेख

समितिलाई घटनाको छानबिन गरि १५ दिनभित्र लिखित प्रतिवेदन बुझाउन समय सीमा दिइएको

निरौला आफू बस्ने सरकारी क्वार्टरभित्रै युवतीसँग मदिरा पिएर चुम्बन गर्दै गरेको अवस्थामा भिडियोमा देखिएका छन्

उनीसँगै भिडियोमा देखिने युवतीले आफ्नो टिकटक लाइभमार्फत सो भिडियो सार्वजनिक गरेपछि रातौंरात भाइरल बनेको थियो

भिडियो भाइरल बनेपछि दुई दिन अघि निरौलाले क्वार्टरभित्र रङ रोगन गराएका थिए रङ रोगन गर्दैगरेको भिडियो तस्वीर बाहिरिएपछि सो कार्यको सार्वजनिक विरोध भएको थियो

उनलाई आज मंगलबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हाजिँर हुन पत्र काटिएको थियो भने दमकनगरपालिकाले समेत आवश्यक विभागीय कारबाहीको लागि मन्त्रालयमा परिपत्र गरेको थियो

यसैबीच आइतबार एमाले निकट युवा संघ नेपालले प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमा लगाएको ताला आज खोलिएको

भिडियो काण्डको प्रमाण मेट्न निरौलाले हरियो रङमाथि पहेँलो रङ रोगन गराएका थिए सो को विरोध गर्दै युवा संघले तालाबन्दीगरेको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु