adv

आइएमई डाइनामिक ग्रुपको रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न

सजन राई । १६ साउन, दमक । आइएमई लाईफ इन्स्योरेन्स कम्पनि मातहत रहेको आइएमई डाइनामिक एजेन्सि ग्रुपको एजेन्सि रिफ्रेसेन्ट कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार झापाको कन्काई नगरपालिका-१ स्थित दुर्गापुरमा रहेको सगुन रेस्टोरेन्टको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

एजेन्सि मेनेजर सजन राईको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने विभिन्न विधामा लिडर्सलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा टिम विजिनेसमा प्रथम हुन सफल सजन राई, दोस्रो सम्झना राई र तेस्रो सरिता गौतम रहेका छन साथै सेल्फ कोडमा प्रथम हुन सफल सम्झना राई, दोस्रो जुनिता राई र तेस्रो पार्वता राई रहेका छन ।

यसै गरि क्लब क्याटोगोरि अन्तर्गत धवलागिरि क्लबमा पुग्न सफल सम्झना राई सहित राइजिङ स्टार क्लबमा पुग्न सफल पर्वता राई, जुनिता राई, सरिता गौतम, समिक्षा राई, सम्झना गुरागाई र एजेन्सि मेनेजर नविकरण सँगै एमबिडिआई प्राप्त गर्न सफल प्रेम कुमार पुरीलाई सम्मानित गरिएको थियो ।

सम्मानित हुनेहरुमा एजेन्सि मेनेजर नियुक्ति तथा एजेन्सि मेनेजर इन्डक्सन क्वालिफाइ जेनिसा राउत, मञ्जु रेग्मि, समिक्षा राई, सुजा राई, निर्मला दनुवार, अरुण कुमार राई र तिर्थ पोखरेल रहेका छन भने डाइनामिक लिडर सिनियर एजेन्सि मेनेजर हरि कुमार पुरीलाई करोडपति क्लबमा पुग्न सफल भएकोमा सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कम्पनिका प्रदेश -१ प्रमुख मिलन दाहालले आइएमई ब्राण्डको विषयमा प्रष्ट पार्दै शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै विशिष्ट अतिथिहरु विर्तामोड शाखा प्रमुख महेन्द्र तिमलसिनाले मोटिभेसनल स्पिच दिएका थिए भने भ्रदपुर शाखा प्रमुख केशव पौडेलले मासिक स्किमको बारेमा प्रष्ट पारेका थिए ।

एजेन्सि मेनेजरहरु सरिता गौतम र तिर्थ पोखरेलले विमा क्षेत्रमा सिकेका अनुभव सेयर गरेका थिए । सिनियर एजेन्सि मेनेजर हरि कुमार पुरीले सञ्चालन गरेको कार्यक्रमको स्वागत एजेन्सि मेनेजर प्रेम कुमार पुरीले गरेका थिए  ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु