१७ साउन, दमक ।

आफ्नो २८ औँ स्थापना दिवस र दोस्रो वार्षिक साधारण सभाको अवसरमा दमक नगर इसाई समाजले आयोजना गर्न लागेको अन्तर इसाई समाज फुटसल प्रतियोगिताको सम्पूर्ण आवश्यक तयारी पूरा भएको छ ।
आयोजक दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकास थुलुङका अनुसार भोलि बिहीबारबाट सुरु हुने प्रतियोगिताको लागि आवश्यक सबै तयारी पूरा भएको हो ।
१२ वटा टीम सहभागी रहेको सो प्रतियोगिता बिहीबार बिहान १० बजेबाट दमक ५ गोर्खाली टोलस्थित बिष्ट फुटसल कोर्टमा सुरु हुनेछ ।
सहभागी टीमहरुलाई समूह ए र बी मा बाँडिएको छ । समूह ए मा क्रमशः आयोजक ए, बेलडाँगी इसाई समाज, पाँचथर इसाई समाज, बिर्तामोड इसाई समाज, धरान इसाई समाज र कनकाई इसाई समाज रहेका छन् ।
त्यस्तै समूह बी मा क्रमशः मध्यपूर्व इसाई समाज, मिक्लाजुङ (मोरङ) इसाई समाज, चुलाचुली इसाई समाज, युएफसी इसाई समाज, आयोजक बी र इटहरी इसाई समाज रहेका छन् ।
प्रतियोगता अन्तर्गत पहिलो चरणका खेल र क्वार्टर फाइनलका खेल साउन १८ गते खेलाइने र सेमिफाइनल, तेस्रो स्थान र फाइनल खेल १९ गते खेलाइने आयोजकको भनाइ छ ।
प्रतियोगिताको विजेताले नगद २० हजार, ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन् भने उपविजेताले नगद १५ हजार, तेस्रो हुनेले नगल ५ हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन् ।
प्रतियोगतालाई दमकस्थित कर्नस स्टोन फाउण्डेशनले मुख्य प्रायोजन गरेको छ भने उपविजेता र तेस्रो हुने टिमलाई हार्भेष्ट सामुदायिक सेवा नेपाल र ग्रीन वे एजुकेशनल एकेडेमी दमकले प्रायोजन गरेका छन् ।

