adv

उपहारमा बिमा पोलिसी दिने लहर बढ्दै

सजन राई ।

२३ साउन,दमक । जन्मदिन होस या अन्य कुनै विशेष दिनमा उपहार स्वरुप बिमा पोलिसी दिने लहर बढ्दो छ । दमक-७ की काव्या कुमारी शाहले पनि आफ्नो दोस्रो जन्मदिनमा १५ लाखको बिमा पोलिसी उपहार पाइन् ।

बुबा मिन्टु कुमार शाह र आमा ज्योति शाहले छोरी काव्याको जन्मदिनलाई सम्झन योग्य बनाउन पोलिसी उपहार दिएको हो । भविष्य कस्तो हुन्छ थाहा छैन तर अहिले सकेको जति बचत गर्ने बानीको विकासले छोरीको भविष्यमा आइपर्ने आर्थिक जोखिमलाई टेवा पुगोस भनेर छोटो समयमा ठूलो फड्को मार्न सफल आइएमई लाईफ इन्स्योरेन्स कम्पनिमा बिमा गरायौँ । बुबा मिन्टु शाहलाई उद्धृत गर्दै आइएमई लाईफ इन्स्योरेन्स कम्पनि दमक शाखाकी चिफ एजेन्सि मेनेजर मनु साङपाङले जानकारी दिइन ।
साङपाङका अनुसार बिमा पोलिसी उपहार दिनेहरुको थप हौसलाको निम्ति घरमै गएर पोलिसी दिन थालिएको हो ।

आइएमई लाईफ इन्स्योरेन्स कम्पनि दमक शाखाबाट पोलिसी काटिएको शाखा प्रमुख ङिमा शेर्पाले जानकारी दिए । उनका अनुसार “बिमा प्रतिको सकारात्मक सोचका कारण बिमा पोलिसी उपहार दिने क्रम बढ्दो छ। व्यस्त तालिका भए पनि हामीले शाखा कार्यलयमा आउन समय नहुनेहरुको निम्ति जति सक्दो समय मिलाएर घर मै गएर वा उहाँहरुको पायक पर्ने ठाउँमा गएर पोलिसी हस्तान्तरण गर्छौ ।”

यसरी नै कमल-५ का हाल दमक-१ बस्ने सदिक्षा राईले पनि आफ्नो जन्मदिनमा बिमा पोलिसी उपहार पाइन । उनलाई ठूली आमा रामप्यारी राईले यो पोलिसी उपहार दिएकी हुन् । १२ वर्षकी सदिक्षाले यो भन्दा अगाडी विभिन्न किसिमको उपहार पाएको तर १२औ जन्मदिनमा फरक प्रकारको उपहार बिमा पोलिसी पाउदा एकदमै खुशी हुदैं आफ्नी ठुली आमालाई यो उपहारको लागि विशेष धन्यवाद दिइन् ।

दमक शाखाका एजेन्सि मेनेजरहरु सबिना पौडेल, दिपा लिम्बू, बिनु कार्कि, सिता मादेन लगायतको उपस्थितिमा बिमा पोलिसी हस्तान्तरण गरिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु