adv

छोराको जन्मदिनमा १५ लाखको बिमा पोलिसी उपहार

सजन राई

१९ साउन,दमक । झापाको गौरदह नगरपालिका निवासी बुबा डिल्लि बहादुर कार्की आमा विनु कार्कीले आफ्नो छोराको जन्मदिनको अवसरमा १५ लाखको बिमा पोलिसी उपहार दिएका छन

जन्मदिनमा हुने फजुल खर्चलाई बचतमा परिणत गरि छोरा नविन किशोर कार्कीको २०औँ जन्मदिनको अवसरमा उक्त पोलिसी उपहारदिएका हुन्

दमक शाखा अन्डरराइटर अस्मिता आपगाई सहित एजेन्सि मेनेजर अभिकर्ताहरुको उपस्थितिमा आइएमई लाईफ इन्स्योरेन्स कम्पनिको दमक शाखामा आयोजित एक कार्यक्रम बिच शाखा प्रमुख ङिमा शेर्पाले पोलिसी हस्तान्तरण गरेका थिए

आइएमई लाईफ इन्स्योरेन्स कम्पनि दमक शाखाबाट पोलिसी काटिएको शाखा प्रमुख ङिमा शेर्पाले जानकारी दिए शेर्पाका अनुसार बिमा प्रतिको सकारात्मक सोच महत्वको बारेमा धेरैले बुझेकाले गर्दा पछिल्लो समय बिमा पोलिसी उपहार दिएर जन्मदिन मनाउने चलन बढ्दो

चिफ एजेन्सि मेनेजर मनु साङपाङका अनुसार यो पनि एक समाज सेवा नै हो जस्ले गर्दा बिमितलाई मात्र होइन राष्ट्रलाई पनि टेवा पुग्छ

बिमा पोलिसी एक उपहार सँगै बचत गर्ने बानीको विकास पनि भएकोले यस्ता सकारात्मक कदमको निम्ति सबै जना लाग्नु पर्ने सिनियरएजेन्सि मेनेजर रुपा सेलिङको भनाई  

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु