adv

मेचीनगरमा दुईदिन इण्डो–नेपाल कराते प्रतियोगिता हुने

१५ भदौ,मेचीनगर । झापाको मेचीनगरमा इण्डो–नेपाल कराते प्रतियोगिता आयोजना हुने भएको छ । सितोरीयो कराते स्कुल डोजोको आयोजनामा भदौ १६ देखी ९ औँ इण्डो नेपाल कराते च्याम्पियनशिप प्रेसिडेण्ट कप–२०२३ आयोजना हुने भएको हो ।

प्रतियोगिता भदौ १६ र १७ गते (भोली र पर्सी) काँकरभिट्टा स्थित टाउनहलमा आयोजना हुँदैछ भने प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानबाट खेलाडीहरु आउने भएका छन् ।

कार्यक्रमका संयोजकका रुपमा अन्तराष्ट्रिय रेफ्री राजु महर्जन छन् भने रेफ्री संयोजकका रुपमा अन्तराष्ट्रिय रेफ्री चित्र बहादुर पुलामी छन् ।कार्यक्रमका व्यवस्थापक बम बहादुर श्रेष्ठ (शम्भु)का अनुसार प्रतियोगिता आयोजनाका लागि १० देखि ११ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताका लागि अधिकांश खेलाडीहरु काँकरभिट्टा आइसकेका छन् भने केहि खेलाडीहरु आउने क्रममा रहेको कार्यक्रमका व्यवस्थापक श्रेष्ठले जानकारी दिए ।उनका अनुसार भारतको गुजरात, कलकत्ता, सिक्किम, बागडुग्रा लगायतका स्थानबाट खेलाडीहरु आइसकेका छन् । नेपालको पाँचथर, कटारी, विराटनगर, धरान लगायतका स्थानबाट भने खेलाडीहरु आउने क्रममा छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु