सजन राई

१६ भाद्र, माङसेबुङ । नेकपा माओवादी केन्द्रको जनता सँग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन देशव्यापी रुपमा सम्पन्न भएको छ ।
यसैक्रममा ईलाम जिल्लाको माङसेबुङ गाउँपालिका वडा नम्बर ३ ले पनि भदौ १६ गते शनिवार एक औपचारिक कार्यक्रमका बीच अभियानको उद्घाटन गरेको हो ।
नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य तथा माङसेबङ-३ जननिर्वाचित वडा अध्यक्ष जनम खम्बुको प्रमुख आथित्यतामा सञ्चालित कार्यक्रमको अध्यक्षता माओवादी केन्द्र माङसेबुङ-३ वडा अध्यक्ष सजन राईले गरेका थिए ।

कार्यक्रममा वाइसिएल इलाम जिल्ला सदस्य सरदजङहाङ राई, एकीकृत अखिल नेपाल शिक्षक संगठन माङसेबुङ सचिव बल बहादुर काफ्ले, भङ्ज्याङ टोल कमिटि अध्यक्ष बुद्धि बहादुर राई लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी अभियान अन्तर्गत श्रमदान पनि माङसेबुङ-३ ले सुरु गरेको छ । औपचारिक कार्यक्रम पश्चात श्रमदान अभियानमा माङसेबुङ-३ चतुरे स्थित जीवन ज्योति माविको प्राङ्गण सरसफाइ साथै स्थानिय चतुरे बजार र ढल सरसफाइ सहित बाटोको सरसफाइ गरी सकिएको थियो ।
श्रमदान अभियानमा सहभागी भएका जीवन ज्योति मावि व्यवस्थापन समितिका अध्यक्ष देवाहाङ राईले राम्रो कार्यको थालनी भएकोले सबै जनाले साथ र सहयोग गर्नु पर्ने बताए ।
सिमसारे खानेपानी उपभोक्ता समितिका अध्यक्ष तेजु राईका अनुसार आयोजक जो सुकै भए पनि राम्रो काममा सबै सहभागी हुनु नै असल नागरिकको कर्तव्य रहेकोले सहभागिता जनाएकोले जानकारी दिए ।
जीवन ज्योति माविका शिक्षक डेविड सुनुवारले अभियान्ता सबैलाई निरन्तर अभियानमा लागिरहन सुझाव दिए ।

यसै गरी आउदो शनिवार माङसेबुङ-३ मा नै रहेको अर्को दुर्गा माविको खेल मैदानको घाँस काट्ने र यसरी प्रत्येक शनिवार विभिन्न संघ संस्था, मठ मन्दिर, चर्च, चौतारा, बाटो, खानेपानी, लगायतको ठाउँहरुमा आवश्यक अनुसार श्रम गर्ने माङसेबुङ-३ वडा कमिटिले जानकारी दिए ।
श्रमदानमा संगठनका सदस्यहरु सहित जनप्रतिनिधि, शिक्षक, राजनितिज्ञ, व्यापारि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

