adv

केदेमलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार

 


१९ साउन, इलाम ।
पत्रकार ज्ञानु केदेम आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत भएका छ्न । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको २४ औं स्थापना दिवसको अवसरमा इलाम शाखाले सोमबार केदेमलाई पुरस्कृत गरेको हो ।

नगद १० हजार राशीको सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि इलाम नगरप्रमुख केदार थापा र इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले प्रदान गरेका थिए ।

विगत डेढ दशकदेखि इलामे पत्रकारितामा क्रियाशील केदेम प्रेस मञ्च इलाम जिल्ला अध्यक्ष, नेपाल पत्रकार महासंघ इलामका सहसचिव र फोनिज प्रदेश १ का कार्यसमिति सदस्य छन् ।

हाल कुनी इलामको माङसेबुङबाट प्रकाशित माङसेबुङ मासिकाम उपसम्पादक भै कार्यरत छन् ।

फोनिज इलाम अध्यक्ष राम योङहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ, फोनिजलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु