
१९ भदौ, दमक । जेनियुन एजुकेशन एण्ड भिसा सर्भिसले भदौ २१ गतेबाट झापाको दमक, विर्तामोड लगायतका शहरमा शैक्षिक परामर्श मेला गर्ने भएको छ ।
विदेशमा अध्ययन गर्न जाने विधार्थीहरुलाई मध्यनजर गरी झापा लगायतका मुलुकका ५ शहरमा जेनियुन एजुकेशनले शैक्षिक मेला गर्ने भएको हो ।
झापाको दमक ८ स्थित टयाक्सी स्टेण्डमा रहेको जेनियुनको कार्यालयमा भदौ २१ गते, इटहरीमा भदौ २२ गते र बिर्तामोडमा भदौ २३ गते शैक्षिक परामर्श मेला आयोजना हुने जेनियुन एजुकेशन एण्ड भिसा सर्भिस दमकका निर्देशक छवि खनालले जानकारी दिए ।
खनालका अनुसार भदौ २९ गते चितवन र असोज ३ गते काठमाण्डौंमा मेला आयोजना गर्ने कार्यक्रम तय भएको छ ।
जेनियुन एजुकेशन एण्ड भिसा सर्भिसले सोमबार दमकमा आयोजना गरेको पत्रकार भेटघाटमा शैक्षिक मेलाको पूर्व तयारी, पत्रचार लगायतका काम सकिएको जनाएको छ ।

शैक्षिक मेलामा सहभागी विधार्थी र अभिभावकहरुलाई परामर्श दिन कलेज तथा विश्व विधालयका प्राध्यापक र प्रतिनिधि आउने जेनियुन एजुकेशन एण्ड भिसा सर्भिस दमकले जनाएको छ । देशभरका विभिन्न पाँच सहरमा आयोजना हुने शैक्षिक परामर्श मेलामा पाँच सय भन्दा बढी विद्यार्थी र अभिभावक सहभागी हुने आँकलन गरिएको जेनियुन दमकका निर्देशक खनालको भनाइ छ ।
विधार्थीहरुको चाहाना र अभिभावकको सहयोगमा सहज ढंगले अष्टेलियाका विभिन्न विश्व विधालयहरु एवम् कलेजहरुको अध्ययनको आधार ,त्यहाँको वातावरण ,निति नियमको वारेमा जानकारी दिन शैक्षिक मेला आयोजना गरिएको उनको भनाइ छ ।

