adv

ताप्लेजुङ गोल्ड कपको उपाधि रेड हर्स इलामलाई

२० भदौ,ताप्लेजुङ। ताप्लेजुङ गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताकोको उपाधि इलामको रेड हर्स फुटबल क्लबले जितेको छ। बुधबार भएको फाइनल खेलमा सुनसरीको जुट विकास फुटबल एकेडेमी इटहरीलाई १–० गोलले पराजित गर्दै रेड हर्सले उपाधि जितेको हो।

रेड हर्स फुटबल क्लबका तर्फबाट शरण बस्नेतले खेलको ३२ औं मिनेटमा गोल गर्नुभएको थियो। निर्धारित समयावधिभर जुट विकास फुटबल एकेडेमीका खेलाडीले प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरे पनि गोल गर्न चुक्दा रेड हर्स फुटबल क्लब बिजेता बन्नका लागि शरण बस्नेतले गरेको गोल नै निर्णायक बन्यो।

बिजेता बनेको रेड हर्सले ताप्लेजुङ गोल्डकप उपाधिसाथ तीन लाख ११ हजार १११ रुपियाँ राशिको नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको जुट विकास फुटबल एकेडेमीले भने नगद एक लाख ११ हजार १११ रुपियाँ र ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउनुपर्यो। प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडी रेड हर्स फुटबल क्लबकै छिरिङ गुरुङ हुनुभयो भने उत्कृष्ट गोेलकर्ता पनि रेड हर्सकै आशिष राई घोषित भए।

रेड हर्स इलाम यसअघि विजेतासमेत रहेको झापा, विर्तामोडको रेड स्टार फुटबल क्लब र मोरङको पथरी–११ फुटबल क्लबलाई सेमिफाइनलमा हराउँदै जुट विकास एकेडेमी फाइनलमा पुगेको थियो। प्रतियोगिता विजेता र उपविजेतालाई प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिमले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए।

सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा खेलाइएको प्रतियोगितामा भारतको दार्जिलिङसहित आठ टोलीको सहभागिता रहेको थियो। आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङकाअनुसार यसवर्षको प्रतियोगिता छोटो समयावधिभित्रै तयारी गर्नुपर्ने भएकाले थोरै टोलीलाई मात्र सहभागी गराइएको हो। लाखेजात्राको अवसरमा विगत २०२२ सालदेखि विभिन्न नामबाट फुटबल प्रतियोगिता सञ्चालन गरिँदै आएको पनि गुरुङले जानकारी दिए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु