सजन राई।

२८ भदौ,इलाम। इलामको कन्याममा तिज विशेष तथा एजेन्सि सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
बुधवार शेर्पा होटेलको प्राङ्गणमा आयोजित कार्यक्रममा महिलाहरुको महान चाड हरितालिका तिजको शुभकामना आदानप्रदान सँगै सम्मानको कार्यक्रम सहित सम्पन्न भएको हो ।
सिनियर एजेन्सि मेनेजर रिता राईको अध्यक्षकतामा सम्पन्न कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने एजेन्सिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा गिता सिन्जि, तुलसा देवि घले, याम कुमारी मगर, प्रमिला राई, दिक्षा राई र अनुजा घले रहेका छन ।
आइएमई लाईफ इन्स्युरेन्स कम्पनिका एजेन्सि मेनेजरद्वय रुपा सेलिङ र रिता राईले कार्यक्रमको आयोजना गरेका हुन ।
कार्यक्रममा कम्पनिको प्रोडक्ट र क्लबको बारेमा प्रष्ट पार्दै प्रमुख अतिथि कम्पनिका प्रदेश प्रमुख मिलन दाहाल र अतिथि फिक्कल शाखा प्रमुख हरि मिश्र लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
एजेन्सि मेनेजर तुलसा देवि घलेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सिनियर एजेन्सि मेनेजर रुपा सेलिङले गरेका थिए ।

