adv

बलात्कार आरोपमा मेचीनगरका एक युवा पक्राऊ

२८ भदौ,बिर्तामोड। झापामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–९ धुलाबारी बस्ने ४२ वर्षीय तिलक श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठले ती महिलालाई भदौ २३ गते दिउँसो बिर्तामोड नगरपालिका–५ महानन्द चोकस्थित गेष्ट हाउसमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु