adv

प्रथम नवज्योती फुटबल प्रतियोगिता- सैनिक ११ एफसी विजयी

कविध्वज राई ॥ ८ असोज, झापा । झापाको बाह्रदशी रङ्गशालामा सम्पन्न प्रथम नवज्योती ओपन नकआउट फुटबल प्रतियोगिताको तेस्रो दिनको आजको खेलमा सैनिक ११ एफसी विजयी भएको छ ।

बाह्रदशी ६ स्थित किरात रङ्गशालामा सोमबार भएको खेलमा कन्काई एफसी सुरुङ्गालाई १–२ गोल अन्तरले विजयी भएको हो । योसंगै सैनिक ११ एफसीअर्को चरणमा प्रवेश गरेको छ ।

कन्काई एफसीका मनिस लिम्बूले १ गोल गरे भने सैनिक ११ एफसीका अभिशेक गुरुङ र पाल्देन घलेले समान १/१ गोल गरेका थिए ।

प्रतियोगिताको म्यान अफ द म्याच कन्काई एफसीका निकेश श्रेष्ठ भए ।

यसै गरी भोली हुने प्रतियोगितामा आयोजक नवज्योति एफसी र चारपाने एफसी विच हुने प्रतियोगिताका प्रचारप्रसार प्रमुख अमृत ढिछाङछा वान्तावाले बताए ।

असोज ६ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रू ३० हजार,प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रू २० हजार,प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु