७ असोज, इटहरी ।
जनता समाजवादी पार्टी, नेपालको प्रदेश नम्बर १ प्रदेश समिति पुनर्गठन भएको छ।
शनिबार इटहरीस्थित जसपा नेपालको प्रदेश कार्यालयमा आयोजित भेलाले दीपक याक्खाको अध्यक्षतामा ५१ सदस्यीय समिति र पार्टीको प्रदेश निकायका प्रमुखासहित पुनर्गठन गरेको हो ।
जसपा कार्यकारिणी सदस्य एवम् प्रदेश १ इन्चार्ज रकम चेम्जोङले पुनर्गठित प्रदेश समितिको नामावली घोषणा गरेका थिए ।
पुनर्गठित समितिका उपाध्यक्षत्रयमा क्रमश: सविता यादव, प्रेम वनेम र दीपेश राई चयन भए भने मुख्यसचिवमा घनश्याम कटुवाल चयन भए ।
त्यस्तै सचिवहरूमा हस्तशोभा राई, अनिल ठाकुर र घनराज सुब्बा चयन भए भने कोषाध्यक्षमा केशरमान गुरुङ चयन भए ।
भेलाले पार्टी प्रदेशको निर्वाचन आयोगको प्रमुखमा विनोद नेम्वाङ, लेखा परीक्षण आयोगको प्रमुखमा केवलराम राई, अनुशासन आयोगको प्रमुखमा नवीन राई र सचिवमा दीर्घमान तामाङलाई चयन गरेको छ। अन्य सदस्य छन् ।
यस अघि करिब १७० को संख्यामा रहेको प्रदेश समितिको आकार विधान अनुसार एक तीहाई बढीले घटाइएको इन्चार्ज चेम्जोङले जानकारी दिए । उनले भने -‘पार्टी विधान अक्षरस कार्यान्वयन गरेर अगाडि बढेकाले अहिले ५१ सदस्यीय प्रदेश समिति बनेको हो ।’
एक व्यक्ति एक पार्टी समितिको अवधारणा अनुसार प्रदेश समितिमा जिम्मेवारी पाएका नेताले केन्द्रीय समिति, राष्टृय समिति वा मुनिका अन्य समितिको जिम्मेवारी त्याग्नु पर्ने वा स्वत: मुक्त हुने इन्चार्ज चेम्जोङको भनाइ थियो ।
आयोजित भेलालाई पार्टीका कार्यकारिणी सदस्य एवम् प्रदेश १ सह इन्चार्ज परशुराम बस्नेत, मधेस राष्टृय समिति इन्चार्ज जयराम यादव र किरात राष्टृय समिति अध्यक्ष रमेश राईले सम्बोधन गरेका थिए ।
जसपा नेपाल प्रदेश १ समितिको पूर्ण नामावली :
JASAPA-Member-List-of-P1-2080.6.6