कविध्वज राई
९ असोज, झापा ।
झापाको बाह्रदशी रङ्गशालामा जारी प्रथम नवज्योति ओपन नकआउट फुटबल प्रतियोगिताको चौंथोे दिन मंगलबारको खेलमा चारपाने एफसी विजयी भएको छ ।
बाह्रदशी ६ स्थित किरात रङ्गशालामा जारी प्रतियोगिताको मंगलबारको खेलमा चारपाने एफसीले आयोजक नवजोतिलाई १–३ गोल अन्तरले पाखा लगाउँदै अघिल्लो चरण प्रवेश गरेको हो ।
चारपानेका लागि जर्सी नम्बर १८ का गणेश राई, २३ का विवेक राई र ९ का साम्युल राईले १/१ गोल गरे भने आयोजक नवज्योति एफसीबाट जर्सी नम्बर ११ का मनोज भण्डारी (भस्मे डन) ले सान्तवना गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच चारपाने एफसीका जर्सी नम्बर २३ का विवेक राई भए । उनले पुरस्कार वापत ट्रफी र नगद पाँच सय प्राप्त गरे ।
जारी प्रतियोगितामा बुधबार चारपाने एफसी र त्रिवेणी युथ क्लब हल्दीबारी भिड्ने आयोजक संस्थाका प्रचार प्रसार प्रमुख अमृत ढिछाङ्छा बान्तावाले जानकारी दिएका छन् ।
असोज ६ गते सुरु भएको प्रतियोगता असोज १४ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताका विजेताले नगद ३० हजार, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद २० हजार, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ ।