२१ असोज,दमक । छयांकार तथा निर्देशक भुपेन्द्र तुम्बाहाङफे र मोडल परिक्षा लिम्बूद्वारा अभिनित ‘लुकी लुकी’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शन रहेको भिडियो थैली इन्टरटेन्मेन्टको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
शनिबार एक कार्यक्रमविच दमक स्थित गोर्खा डिपार्टमेन्ट स्टोरको सभालमा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख आतिथ्यमा ‘लुकी लुकी’ म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
गीतकार गणेश थक्लुङको शब्द, गायक तथा संगीतकार टंक बुढाथोकीको संगीतमा टंक बुढाथोकी र गायीका मेलिना राईको आवाज रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
दिवस गिरीको कोरीयोग्राफीमा साउथ इन्डियन स्टाइलको रोमान्सले भरिएको डान्स तथा रोचक कथा समेत समाबेश गरिएको भिडियोलाई मज्जाको राईले छायांकन गरेका हुन् भने सम्पादन अनिल रानाले गरेका छन् ।
गणेश थक्लुङ र कृष्ण गुरुङको निर्माणमा सञ्जु थलङको मेकअप, किरण न्यौपानेको सहायक छायांकन र खगेन्द्र वजी लिम्बूको आर्ट प्रडक्शन रहेको छ ।
मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबी राई , नेपाल आदिवासी जनजाति पत्ररकार महासंघ झापाका अध्यक्ष भुमिका लिम्बू , समाजसेवी वदी साम्सपाड्ं लगायतले भिडियोको बारेमा मन्तव्य राखेका थिए ।
निर्देशक तथा कोरियोग्राफर दिनेश माङमुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जितेन साड्ंपाड्ंले गरेको थिए भने स्वागत मिना नेम्बाङले गरेकी थिइन् ।