adv

दमकमा ‘बी’ ‘सी’ र मिक्स डबल ब्याटमिन्टन प्रतियोगिता सम्पन्न


सजन राई ॥ २१ असोज, दमक । झापाको दमकमा खुल्ला ब्याटमिन्टन प्रतियोगिता ‘बी’ डिभिजन, ‘सी’ डिभिजन र मिक्स डबल इभेन्ट सम्पन्न भएको छ ।

दमक-१ स्थित तिलुङ्छा चाम्लिङ राई कभर्ड हल परिवारको आयोजनामा असोज १८ देखि २० सम्म सञ्चालित प्रतियोगिता शनिवार सम्पन्न भएको हो ।

आयोजक समिति सदस्य धन कुमार राईका अनुसार १८ गते ‘सी’ डिभिजनको सम्पूर्ण खेलहरु सकिएको र फाइनल मात्र २० गते गराएको, अन्य इभेन्टको खेलहरु १९ र २० गते गराएको हो । उनका अनुसार सबै खेल खेल्न इच्छुक खेलाडीहरुलाइ समिटिने गरी खेलाडीहरुकै चाहना अनुसार ईभेन्ट छनोट गरिएको हो ।

“स्वस्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद “भन्ने मुल नाराका साथ आयोजित प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय खेलाडी उत्पादन गरी राष्ट्रलाई टेवा पुर्याउने रहेको खेल संयोजक प्रकाश राईले जानकारी दिए ।

‘बी’ डिभिजनको विजेता मिहाङ राई र अनिस लिम्बुको जोडिले करण चौहान र कुशल बस्नेतको जोडिलाई १९-२१, २१-१० र २१-१५ को सेटमा हराउदै उपाधि माथि कब्जा जनायो । विजेताले नगद १५ हजार र उपविजेताले नगद ८ हजार सहित ट्रफि, मेडल र प्रमाण पाए । त्यस्तै यस ईभेन्टमा तेस्रो हुन सफल अमर खड्का र डिकेन्द्र लम्साल साथै विष्णु तामाङ र विशाल लिम्बुको जोडिले नगद ४ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।

मिक्स डबलमा चाणक्य पाठक र प्रभा काङमाङको जोडिले दिपक घिमिरे र अन्जना राईको जोडिलाई १६-२१, २१-१६ र २१-१३ ले हराउदै उपाधि उचाल्न सफल भयो । विजेताले नगद ८ हजार र उपविजेताले ४ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारे । तेस्रो स्थानमा चित्त बुझाएका प्रकाश राई र दिलु सुब्बा सहित उत्सव उप्रेति र पुजा थाम्सुहाङले नगद २ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र पाए ।

‘सी’ डिभिजन प्रतियोगिताको विजेता हुन सफल राजन श्रेष्ठ र सुरज गजमेरको जोडिले फाइनलमा कुशल राई र मिसन राईलाई २१-१७, १८-२१ र २१-१६ को अन्तरले हराउदै उपाधि ऊचालेको हो । विजेता र उपविजेताले नगद साहित ट्रफि, प्रमाणपत्र र नगद हात पारे ।

सम्पूर्ण विजेता खेलाडीहरुलाई प्रमुख अतिथि वडा न : १ का वडाध्यक्ष अध्यक्ष हरि प्रसाद न्यौपाने सहित अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु