दर्शन राई, दमक । पापोहाङ लाओती सयङ दमक नगर समितिको अध्यक्षमा प्रेम कुमार लाओती चयन भएका छन् । दमकमा शनिवार सम्पन्न सयङको तेस्रो अधिवेशनले लाओतीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
निर्वाचित समितिको उपाध्यक्षमा बेनुका वनेम लाओती, सचिवमा राम लाओती, सहसचिवमा दिनेश लाओती र कोषाध्यक्षमा यामहाङ लाओती र्सवसम्मत निर्वाचित भए। नवनिर्वाचित समितिको सदस्यहरुमा कल्पना लाओती चेम्जोङ, मिना लाओती योङहाङ,बिमला लाओती,सुजन लाओती ,खगेन्द्र लाओती र अम्बर लाओती चयन भएका छन् ।
पापोहाङ लाओती सयङ दमकका अध्यक्ष गगन लाओतीको अध्यक्षतामा तथा किरात याक्थुङ चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिबेशन उद्घाटनमा लिम्बू भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष सेसेमी नाल्बो, पत्रकार बिष्णु सुब्बा लगायतले अधिबेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले आआफनो पुर्खा र पुस्ताको पहिचान अपरिहार्य भएकाले लाओती बन्धुहरुको एकतामा जोड दिए ।


