adv

संघीय गणतन्त्र संस्थागत होस् भन्ने प्रवासी नेपालीको चाहना : जसपा अध्यक्ष यादव

२३ असोज, काठमाडौं ।


जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रवासका नेपालीको चाहना मुलुकमा संघीय गणतन्त्र संस्थागत होस् भन्ने रहेको बताएका छन् ।

मंगलबार अमेरिका भ्रमणबाट स्वदेश फर्किएका जसपा अध्यक्ष यादवले भने –‘विदेशमा रहेका नेपालीले समेत नेपालमा संघीय गणतन्त्र संस्थागत भएको देख्न चाहेका छन् ।’

अमेरिकाको डालसमा एशोसिएशन अफ तराई इन अमेरिकाको सातौं सम्मेलनमा भाग लिएर मंगलबार नेपाल आएका यादवले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानीका क्रममा देशले शान्ति र राजनीतिक स्थिरता प्राप्त गरेमा प्रवासका नेपालीले देश विकासमा योगदान गर्न सक्ने बताए ।

उनले भने ‘उहाँहरुले पनि नेपालमा शान्ति, स्थिरता र संघीय गणतन्त्र संस्थागत भएर विकासको गति अगाडि बढाउन सक्दो योगदान गर्ने इच्छा रहेको पाइयो ।’

यादवले अमेरिका बसाईका क्रममा डालसको कार्यक्रमपछि न्यूयोर्क, अस्टिन र वासिङ्टनडिसीमा पार्टीका तर्फबाट आयोजित कार्यक्रमहरुमा सहभागि भएका थिए ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु