adv

जसपा प्रदेश १ ले राष्ट्रिय समितिहरुमा इन्चार्ज तोक्यो

२४ असोज, इटहरी ।


जनता समाजवादी पार्टी, नेपाल (जसपा) प्रदेश १ समितिले मातहतका चार वटा राष्ट्रिय समितिमा इन्चार्ज तोकेको छ ।

पार्टीले घोषणा गरेको तीन महिने पार्टी संगठन सुदृढीकरण अभियान सफल बनाउन प्रदेश समिति मातहतका लिम्बुवान, किरात, मधेस र शेर्पालुङ राष्ट्रिय समितिमा इन्चार्ज तोकिएको जसपा प्रदेश १ अध्यक्ष दिपक याक्खाले जानकारी दिएका हुन् ।

याक्खाले भने –‘पार्टीले घोषणा गरेको तीन महिने सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउन र पुनर्गठन हुन बाँकी राष्ट्रिय समितिहरुलाई पुर्नगठित गर्दै पार्टी काममा परिचालन गर्न इन्चार्ज तोकेका हौं । अब प्रदेश मातहतका पार्टी समितिहरुमा द्रुत गतिले काम अघि बढ्छ ।’

मंगलबार इटहरीमा बसेको जसपा प्रदेश पदाधिकारी बैठकले लिम्बुवानमा उपाध्यक्ष प्रेम वनेम, किरातमा उपाध्यक्ष दिपेश राई, मधेसमा सचिव अनिल ठाकुर र शेर्पालुङमा प्रदेश सदस्य आङछेपाल शेर्पालाई इन्चार्ज तोक्ने निर्णय गरेको थियो ।

जसपाको विधानको धारा ४४ को ३ मा प्रदेशभित्रका राष्ट्रिय समितिहरुको परिचालन गर्ने अधिकार प्रदेश समितिलाई दिइएको छ । त्यस्तै विधानको धारा ९९ को उपदफा ५ को (क) मा पार्टी समितिहरुले मातहतका समिति तथा जनवर्गीय संगठनहरुमा इन्चार्ज र सहइन्चार्ज खटाउने उल्लेख छ ।

सोही बैठकले इटहरीस्थित जसपा प्रदेश पार्टी कार्यालयको सचिवमा फिपराज बेघालाई नियुक्त गर्ने निर्णय भएको समेत मुख्य सचिव घनश्याम कटुवालले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु