adv

प्रथम झापा नगर भेट्रान कप २०८० सुरु


सजन राई । धरमपुर । झापाको धरमपुरमा प्रथम झापा नगर स्तरीय पाराबारी भेट्रान कप २०८० सुरु भएको छ ।

पाराबारी भेट्रान क्लबको आयोजनामा आयोजित प्रतियोगिता शिवसताक्षी-३ पाराबारी स्थित भानु माध्यमिक विधालयको खेल मैदानमा सञ्चालन भइरहेको छ । प्रतियोगिता असोज २४ देखी असोज ३० सम्म सञ्चालन हुने क्लबका अध्यक्ष मन कुमार फियाकले जानकारी दिए ।

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सञ्चालित प्रतियोगिताको उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष मन कुमार फियाकको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि शिवसताक्षी नगर प्रमुख मेघहाङ थोप्राले कार्यक्रमको उद्घाटन गरेका थिए ।

उद्घाटन खेलमा रातो पाराबारी भेट्रानलाई ट्राइबेकरमा २-४ गोल अन्तरले हराउदै भद्रपुर भेट्रान क्लब दोस्रो चरण पुग्न सफल भएको छ । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टोलिबाट कुनै पनि गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो ।

प्रतियोगितामा झापाका ७ र मोरङका आमन्त्रित १ टिम गरि जम्मा ८ टिम रहेका छन । जस्मा रातो पाराबारी भेट्रान, भद्रपुर भेट्रान क्लब, उर्लाबारी भेट्रान क्लब, कनकाई भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब, दमक भेट्रान क्लब, तुर्केनी स्पोर्ट क्लब र निलो पारबारी भेट्रान क्लबले सहभागिता जनाउने छन् ।

असोज ३० गते सम्पन्न हुने प्रतियोगिताको बिजेताले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन भने उपविजेताले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजक कमिटिका सचिव सुवास तामाङले जानकारी दिए ।

त्यसैगरि म्यानअफ द म्याच, हाइस्कोर, उत्कृष्ट खेलाडी, गोल किपर, उत्कृष्ट डिफेन्स लगायत व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने खेल संयोजक लासाङ दोर्जे तामाङले जानकारी दिए । प्रतियोगितामा शिबसताक्षी नगरपालिका र शिवसताक्षी- ३ प्रायोजक रहेका छन् ।

उद्घाटन समारोहमा शिवसताक्षी नगरपालिका वडा नं ३ का अध्यक्ष भाष्कर न्यौपाने, २ नम्बरका वडा अध्यक्ष भीमबहादुर नेम्बाङ लगायतको उपस्थिति रहेको थियो ।

दोस्रो दिनको खेल विर्तामोड भेट्रान क्लब र दमक भेट्रान क्लब बिच हुने आयोजक कमिटले जनाएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु