adv

मानेभञ्ज्याङ गोल्डकप- उपाधिको लागि जलपाइगुडी र आर्मी भिड्ने

मानेभञ्ज्याङ (भारत) । सातौ मानेभञ्ज्याङ गोल्डकपको उपाधिको लागि बिएसके जलपाइगुडी  र टेरिटोरियल आर्मी दार्जिलिङ भिड्ने भएका छन् । आज सम्पन्न दोश्रो सेमीफाइनल खेलमा चाँद एफसी तीनधारियालाई २–१ गोल अन्तरले हराउँदै आर्र्मीले बिएसकेसंगको भेट पक्का गरेको हो । आर्मीको जितमा वाङदेन तामाङ नायक घोषित भए ।

उनले आर्मीका लागि २ गोल गरे । ३६ औ मिनेटमा पहिलो गोल गरेका उनले ४१ औ मिनेटमा अग्रता दोब्बर बनाए । चाँदका लागि प्रविक तामाङले ५६ औ मिनेटमा सान्तवना गोल फर्काए । जितसंगै आर्मीले कम्तीमा ४ लाख (२ लाख ५० हजार भारु) सुरक्षित गरेको छ । जलपाइगुडीले बुधबार भएको पहिलो सेमीफाइनलमा कञ्चनजंघा एफसी सिलिगुडी माथि ७–२ गोल अन्तरको फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।

आगामी अक्टोबर १५ (असोज २८) मा हुने फाइनल खेलको बिजेताले ८ लाख  (५ लाख भारु) र उपविजेताले ४ लाख (२ लाख ५० हजार भारु) पाउने छन् । अक्टोबर २ बाट सुरु भएको प्रतियोगितामा नेपालका ५ सहित १६ क्लबको सहभागिता रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु