adv

पाराबारी भेट्रान कप – दमकलाई हराउदै विर्तामोड सेमिफाइनल प्रवेश


सजन राई । २५ असोज , धरमपुर । झापाको धरमपुरमा जारि प्रथम झापा नगर स्तरीय पाराबारी भेट्रान कप २०८० को दोस्रो दिनको खेलमा विर्तामोड भेट्रान विजयी भएको छ ।

पाराबारी स्थित भानु माध्यमिक विधालयको खेल मैदानमा पाराबारी भेट्रान क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा दमक भेट्रान क्लबलाई सडन डेथमा ६/५ गोल अन्तरले हराउदै विर्तामोड भेट्रान क्लब सेमिफाइनल पुग्न सफल भएको छ । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टोलिबाट १-१ गोलको बराबरी पछि खेल ट्राइबेकरमा पुगेको थियो ।

पहिलो हाफको १४औ मिनेटमा विर्तामोड भेट्रानका सन्तोष राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ सम्म अग्रता जोगाएको विर्तामोडले दोस्रो हाफमा गोल खान पुग्यो । दोस्रो हाफको १५औ मिनेटमा दमक भेट्रानका दिपेन गिरिले गोल गर्दै खेल बराबरी बनाएका थिए । दुवै टोलिका तर्फबाट गोल गर्ने सुन्दर अवसर सदुपयोग हुन नसक्दा बाँकी गोल हुन सकेन ।

पेनल्टि सुटआउटमा दमकका तर्फबाट बिमल गुरुङ, चन्द्र , पुस्कर धिमाल, दिपेन गिरी र चन्द्र मगर गोल गर्न सफल भए भने निर्मल गुरुङ र शुसिल तामाङको प्रहार विर्तामोडका गोल किपर मदन बहादुर अधिकारीले विफल बनाइदिए ।

त्यसैगरी विर्तामोडका तर्फबाट रुपक गुरुङ, झलक राजवंशी, मदन बहादुर अधिकारी, सन्तोष राई र धन बहादुर गुरुङले गोल गरेका थिए । केशवराज दाहालको प्रहार भने गोल पोष्टमा लागेर बाहिरिएको थियो ।

खेलको म्यन अफ द म्याच विर्तामोड भेट्रानका मदन बहादुर अधिकारी घोषित भए । उनलाई शान्ती आधारभूत विधालयका प्रधानाध्यापक विष्णु प्रसाद भट्टराई द्वारा पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा झापाका ७ र मोरङका आमन्त्रित १ टिम गरि जम्मा ८ टिम रहेका छन्ज । जस्मा रातो पाराबारी भेट्रान, भद्रपुर भेट्रान क्लब, उर्लाबारी भेट्रान क्लब, कनकाई भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब, दमक भेट्रान क्लब, तुर्केनी स्पोर्ट क्लब र निलो पारबारी भेट्रान क्लबको सहभागिता रहेको छ  ।

प्रतियोगिताको बिजेताले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन भने उपविजेताले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन्  ।

त्यसैगरि म्यानअफ द म्याच, हाइस्कोर, उत्कृष्ट खेलाडी, गोल किपर, उत्कृष्ट डिफेन्स लगायत व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने खेल संयोजक लासाङ दोर्जे तामाङले जानकारी दिए । प्रतियोगितामा शिबसताक्षी नगरपालिका र शिवसताक्षी- ३ प्रायोजक रहेका छन् ।

तेस्रो दिनको खेल उर्लाबारी भेट्रान क्लब र कन्काई भेट्रान क्लब बिच आयोजकले जानकारी दिए ।

स्वस्थको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सञ्चालन भएको प्रतियोगिता असोज ३० सम्म सञ्चालन हुनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु