adv

बिर्तामोडबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडबाट ठूलो परिमाणको लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई बिहीबार बिर्तामोडबाट पक्राउ गरेको हो ।

बिर्तामोड ७ बस्ने ३२ वर्षीय डिल्लीबहादुर खड्काले लागूऔषध ब्राउनसुगर सेवन तथा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले उनलाई बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडिबाट दिउँसो २ बजे पक्राउ गरेको थियो । पक्राउ परेका खड्काको जानकारीका आधारमा अरु थप २ जना पक्राउ परेका हुन् ।

पछि पक्राउ पर्नेमा बिर्तामोड ९ बस्ने ३० वर्षीय मोहन टुडू र सोही ठाउँका ३७ वर्षीय सोम मर्डी रहेका छन् । टुडू र मर्डीलाई प्रहरीले बिर्तामोड ३ बिर्ताबजारस्थित गोसलाइनबाट साँझ ४ बजे पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले ९८ ग्राम २४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । उनीहरु लागूऔषध प्रयोगकर्ता तथा कारोबारी भएको जनाइएको छ ।

साथै प्रहरीले उनीहरुले चलाउँंदै आएको २ वटा मोटरसाइकल र १ वटा स्कुटर पनि नियन्त्रणमा लिएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु