
सजन राई ।
२९ असोज,धरमपुर । झापाको धरमपुरमा जारि प्रथम झापा नगर स्तरीय पाराबारी भेट्रान कप २०८० मा विर्तामोड फाइनलमा प्रवेश गरेको छ ।विर्तामोडले उपाधिका लागि पाहुना टोलि उर्लाबारीसँग असोज ३० गते मंगलवार भिड्दै छ ।
शिवसताक्षी-३ पाराबारी स्थित भानु माध्यमिक विधालयको खेल मैदानमा सञ्चालित प्रतियोगितामा तुर्केनि भेट्रान क्लबलाई ३-२ गोल अन्तरको जित निकाल्दै विर्तामोड भेट्रान क्लबले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिलो हाफ गोल रहित बराबारीमा सकिएको खेलको दोस्रो हाफको १०औँ मिनेटमा विर्तामोडका सन्तोष राईले फ्री किक मार्फत उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १५औँ मिनेटमा तुर्केनिले पेनाल्टी पायो ।विर्तामोडका खेलाडीले तुर्केनिका खेलाडीलाई डिबक्स भित्र लडाए पछि रेफ्रीले सिधा पेनाल्टी दिएको थियो ।अंगोल खड्कीले पेनाल्टी गोल गर्दै खेल बराबरी बनाए ।खेल बराबरी भएको १ मिनेट पछि नै विर्तामोडका श्याम बहादुर राईले डिबक्स बाहिर बाट हानेको लङ सट गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाए ।विर्तामोडका श्याम बहादुर राई खेलको म्यान अफ द म्याच घोषित भए ।
२२औँ मिनेटमा विर्तामोडले अर्को गोल थप्दै अग्रता बढाए । गोल किपर बिट भइसकेको अवस्थामा दुई डिफेन्सलाई छक्याउदै गणेश सुब्बाले उत्कृष्ट गोल गरेका थिए । दोश्रो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई विर्तामोडका गोलकिपरले सेभ गरेर रिटन आएको बललाई फेरी तुर्केनीका एंगोल खड्गीले नै गोलमा परिणत गरेका थिए ।यो संगै खेल ३-२ को अन्तरमा सकियो ।
प्रतियोगितामा झापाका ७ र मोरङका आमन्त्रित १ टिम गरि जम्मा ८ टिम रहेका छन । जस्मा रातो पाराबारी भेट्रान, भद्रपुर भेट्रान क्लब, उर्लाबारी भेट्रान क्लब, कनकाई भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब, दमक भेट्रान क्लब, तुर्केनी स्पोर्ट क्लब र निलो पारबारी भेट्रान क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन भने उपविजेताले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।
त्यसैगरि म्यानअफ द म्याच, हाइस्कोर, उत्कृष्ट खेलाडी, गोल किपर, उत्कृष्ट डिफेन्स लगायत व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने छ । प्रतियोगितामा शिबसताक्षी नगरपालिका र शिवसताक्षी- ३ प्रायोजक रहेका छन् ।
स्वास्थ्यके लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सञ्चालन भएको प्रतियोगिता भोलि असोज ३० समापन हुनेछ ।

