adv

फराकिलो जित निकाल्दै झापा ११ दोस्रो एक्सपर्ट गोल्डकपको फाइनल प्रवेश

बिर्तामोड, असोज २९

मोफसलको चर्चित टिम झापा ११ एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको

बिर्तामोड बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा सैनिक एफसीलाई फराकिलो गोल अन्तरले हराउँदै झापा ११ उपाधि नजिक पुगेको हो

खेल अवधिभर झापा ११ ले सैनिकलाई दबाबमा राखेको थियो उत्कृष्ट फिनिसिङ पास खेलेको झापा ११ ले सैनिकलाई गोल अन्तरले पाखा लगाएको हो

खेलको १५ औँ मिनेटमा झापा ११ का पेमा तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए त्यस्तै, खेलको ३० औँ ५० मिनेटमा मनिष लिम्बूले गोल गर्दै टिमलाई तीन गोलको अन्तर बनाए

त्यस्तै, खेलको ४४ औँ ६० औँ मिनेटमा प्रदिप बुढाथोकीले गोल गरे भने ५४ औँ मिनेटमा विशाल थिङले एक गोल गरेका थिए

सैनिकका लागि खेलको अन्त्यमा राष्ट्रिय टोलीका पूर्वसदस्य रेजिन सुब्बाले  ५२ औँ ६२ औँ मिनेटमा गोल गरेका थिए

सोमबारको खेलको प्लेयर अफ म्याच झापा ११ कागोलकर्ता मनिष लिम्बू भए उनलाई आजका प्रमुख अतिथि झापा ११एफसीका अध्यक्ष जलकुमार गुरुङले नगद तीन हजार प्रदान गरे

प्रतियोगितामा झापाका आठवटा क्लबहरूले सहभागिता रहेको झापा ११ एफसी, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको अध्यक्ष किरण पौडेलले बताए

प्रतियोगिताको फाइनल खेल कात्तिक गते हुनेछ प्रतियोगिताको विजेताले लाख ११ हजार १११ उपविजेताले ५५ हजार ५५५रुपैयाँ, ट्रफी, मेडल प्रमाणपत्र पाउने सचिवालय सदस्य गोविन्द गिरीले बताए

त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ म्याचले नगद हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर उत्कृष्ट खेलाडीलाई जनही हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु