adv

सिएफसी काठमाडौं दोस्रो रोयल महिला फुटबल प्रतियोगिताको फाइनलमा

सजन राई । 
२ कार्तिक,दमक । झापाको दमकमा जारी दोस्रो रोयल महिला फुटबल प्रतियोगिता २०८० प्रदेश आमन्त्रण नकआउट फुटबलको पहिलो सेमिफानल खेलमा सिएफसी काठमाडौं फाइनल प्रवेश गरेको छ ।

दमक-२ स्थित हिमालय माध्यमिक विधालयको खेल मैदानमा सञ्चालित प्रतियोगितामा धरान महिला फुटबल क्लब सुनसरी माथि २-० को गोल अन्तरको जित हासिल गर्दै फाइनल पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको ११औँ मिनेटमा इशा राना मगरले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाइन् । उनि अण्डर १९ राष्ट्रिय टिमकी खेलाडी हुन । उनले डिबक्स नजिक पाएको फ्री किक प्रहारलाई गोलमा परिणत गरेको थिइन् । जस्लाई धरानकि गोल किपरले रोक्ने कुनै अवसर नै पाइनन् । उमेर समुह राष्ट्रिय टिमका खेलाडीहरूको बाहुल्यता भएको काठमाडौंले पहिलो हाफमा १ गोलको अग्रता बनाएको थियो । काठमाडौंले दोस्रो हाफको २०औँ मिनेटमा अग्रता दोब्बर बनायो । यस पटक अण्डर १७ राष्ट्रिय टिमकि खेलाडी समेत रहेकि सोनु परियारले सुन्दर गोल गरेर अग्रता बढाएकि थिइन । खेलको इन्जुरि समयमा काठमाडौंकि पुर्णिमा राईले गोल गरेकि थिइन तर उक्त गोललाई रेफ्रिले गोलको मान्यता दिएको थिएन् ।

खेलको प्लेयर अफ द म्याच धरानकि गोल किपर मनिता राई घोषित भइन् । सम्पूर्ण प्लेयर अफ द म्याचको पुरस्कार भाव सुधार केन्द्र दमक-६ ले सौजन्य गरेको आयोजक कमिटिले जानकारी दिए ।

रोयल स्पोर्टिङ क्लब दमकको आयोजना रहेको
‘मेरो गोल महिला हिंसाविरुद्ध बोल’ भन्ने नाराका साथ आइतबारदेखि कार्तिक ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको खेल संयोजक राजु खड्काले जानकारी दिए ।

प्रतियोगितामा नवबुद्ध फुटबल क्लब सप्तरी, सिएफसी काठमाडौं, धरान महिला फुटबल क्लब सुनसरी, टसी ब्वाइज क्लब मोरङ, भोजपुर नगरपालिका, बिवाइसी इलाम, बसाह फुटबल क्लब उदयपुर र आयोजक रोयल स्पोर्टिङ क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजेता टोलीले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उपविजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमणपत्र पाउने आयोजक रोयल स्पोटिङ क्लबका अध्यक्ष जनार्दन मैनालीले जानकारी दिए ।

शुक्रवार दोस्रो सेमिफाइनल खेल आयोजक रोयल स्पोर्टिङ क्लब दमक झापा र भोजपुर नगरपालिका बिच हुने आयोजक कमिटिका सदस्य आकाश लावतिले जानकारी दिए । विजेताले उपाधिको लागि कार्तिक ५ गते सिएफसी काठमाडौं सँग खेल्ने छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु