adv

जारी रोयल महिला फुटबल प्रतियोगिताको उपाधिका लागि काठमाडौं र आयोजक भिड्दै

सजन राई । दमक, ३ कार्तिक । झापाको दमकमा जारी दोस्रो रोयल महिला फुटबल प्रतियोगितामा आयोजक समितिले फाईनल खेल खेल्ने पक्का गरेको छ ।

प्रदेश आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको दोस्रो सेमिफानल खेलमा आयोजक रोयल स्पोर्टिङ क्लब दमक झापाले भोजपुर नगरपालिका विरुद्ध २-१ को नतिजा निकाल्दै उपाधिका लागि फाईनल खेल खेल्ने पक्का गरेको हो ।

उपाधिका लागि असोज ५ गते फाईनल पुगेको अर्का प्रतिस्पर्धी सिएफसी काठमाडौं सँग भिड्ने छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको ११औँ मिनेटमा कप्तान आरती भुजेलले गोल गर्दै भोजपुरलाई सुरुवाति अग्रता दिलाइन् ।
पहिलो हाफमा १ गोलले पछि परेको दमकले दोस्रो हाफको १४औँ मिनेटमा गोल गरे पनि उक्त गोलले मान्यता पाउन सकेन । तर २१औँ मिनेटमा दमक खेलमा फर्कियो । अमिसा कार्कीले उत्कृष्ट गोल गर्दै खेल बराबरी बनाइन् । पहिलो गोल गरेको ४ मिनेट पछि दमकका लागि अमिसा कार्कीले दिपा शाहीको उत्कृष्ट पासलाई सदुपयोग गर्दै टिमलाई अग्रता दिलाइन् । २ गोल गरेकि अमिसा खेलको प्लेयर अफ द म्याच घोषित भइन् ।
सम्पूर्ण प्लेयर अफ द म्याचको पुरस्कार भाव सुधार केन्द्र दमक-६ ले सौजन्य गरेको आयोजक कमिटिले जानकारी दिए ।
रोयल स्पोर्टिङ क्लब दमकको आयोजना रहेको
‘मेरो गोल महिला हिंसाविरुद्ध बोल’ भन्ने नाराका साथ आइतबारदेखि कार्तिक ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको खेल संयोजक राजु खड्काले जानकारी दिए ।
प्रतियोगितामा नवबुद्ध फुटबल क्लब सप्तरी, सिएफसी काठमाडौं, धरान महिला फुटबल क्लब सुनसरी, टसी ब्वाइज क्लब मोरङ, भोजपुर नगरपालिका, बिवाइसी इलाम, बसाह फुटबल क्लब उदयपुर र आयोजक रोयल स्पोर्टिङ क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताका विजेता टोलीले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उपविजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमणपत्र पाउने आयोजक रोयल स्पोटिङ क्लबका अध्यक्ष जनार्दन मैनालीले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु