adv

सिक्स ओक्लकले दमकमा फुटसल आयोजना गर्दै


सजन राई, दमक ।
झापाको दमकमा असोज २५ गते बाट नगरका संगठित संस्थाहरु बिच फुटसल प्रतियोगिता हुने भएको छ ।

सोमबार एक कार्यक्रमका बिच आयोजकले दुई दिने प्रतियोगिताको टाइसिट सार्वजनिक गर्दै खेलको सबै तयारी पूरा भएको जनाएको हो । प्रतियोगिता असोज २६ गते सम्म सञ्चालन हुनेछ ।

दमक ९ का युवाहरुको समूह सिक्स ओक्लकले दशैं तिहार तथा छठ पर्वको अवसरमा आयोजना गर्न लागेको प्रतियोगिता दमक ९ स्थित रणभूमि फूटसलको खेल मैदानमा हुने आयोजक कमिटिका सदस्य भोसु थुलुङले जानकारी दिए ।

नगरको समृध्द विकासका लागि संगठित रुपमा कार्यरत विभिन्न संघ संस्था, संगठनहरु बिच आपसी समन्वय, सद्भाव र सहकार्यका निम्ति भाइचारा स्थापित होस् भन्ने उद्देश्यले मैत्रीपूर्ण खेल आयोजना गरेको आयोजक रवि बस्नेतले बताए ।

पुरस्कार राशि पनि आपसी समझदारी कायम हुने गरी पहिलो पुरस्कार खसी साथै दोस्रो पुरस्कार चिउराभूजा र मरमसला रहेको र अनुशासित टिमलाई पानी तथा चिसो पेय पदार्थ प्रदान गरिने फुटसल खेलकुद आयोजक समितिका अध्यक्ष केशव थापाले जानकारी दिए । साथै विजेतालाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा दमक उधोग वाणिज्य संघ, दमक बहुमुखी प्राध्यापक समूह, दमक नगरपालिका कर्मचारी परिवार, प्याब्सन दमक नगर समिति, पत्रकार मञ्च दमक, इलाका प्रहरी कार्यलय दमक, राजनीतिक दल/जनप्रतिनिधि दमक र आयोजक टिमको सहभागिता रहने छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु