adv

महागुरुको जीवनीमा आधारित पुस्तक विमोचित

२१ कार्तिक, दमक ।


महागुरु फाल्गुनन्दको जीवनी र उपदेशहरु समावेश भएको पुस्तक ‘निस्सेहाङ्मा राष्ट्रिय विभूति महागुरु फल्गुनन्द ज्यूको जीवनी’ पुस्तक विमोचन गरिएको छ ।

महागुरुको तपोभूमि लब्रेकुटीमा आयोजित एक कार्यक्रमका बीच सोमबार पुस्तक विमोचन गरिएको हो ।

किरात प्रज्ञा प्रतिष्ठाानका उपकुलपति हरिचन्द्र लावतीको प्रमुख आतिथ्यतामा पुस्तकका संकलकद्वय रमेश तुम्बापो र मनकुमार फेजोङले संयुक्त विमोचन गरेको सो पुस्तकमाथि पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मी ढुङ्गाना, सहायक प्रध्यापक मधुराज केरुङ र शिक्षक अबोध आङ्बुहाङले पुस्तकमाथि समीक्षा प्रस्तुत गरेका थिए ।

महागुरुमा इश्वरीय रूपको प्रधानता रहेको भन्दै प्रमुख अतिथि लावतीले उहाँ जस्तो बहुआयामिक व्यक्तित्वका बारेमा बोल्न गाह्रो हुने धारणा राखे ।

 

पुस्तकको टिप्पणी गर्दै वक्ताहरुले खोजपूर्ण पुस्तकमा महागुरूबारे प्राथमिक स्रोतका आधारमा महत्वपूर्ण जानकारी र तथ्यांक समावेश भएको बताएका थिए । फल्गुनन्दको सैन्य जीवन बारे पुस्तकमा उजागर हुन नसक्नु खड्किएको पक्ष रहेको उनीहरुको भनाइ थियो ।

बटम टु टपको ढाँचामा लेखिएको जीवनीमा महागुरु फल्गुनन्दका विभिन्न आयाम बारे चर्चा गरेका थिए भने उहाँको दर्शनलाई विश्वभर फैलाउन आवश्यक रहेको जनाएका थिए । पुस्तकमा व्याकरणीय पक्ष सुधार गर्नुपर्नेमा समिक्षकहरुले जोड दिएका थिए ।

तुम्बापो सेवा समाजका अध्यक्ष धनराज तुम्बापोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पिदिम नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भरत तुम्बापो, पाँचथर जिल्ला समन्वय समितिका सदस्य लेन्जो यक्पाङ्देनलगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा किरात धर्मसँग सम्बन्धित विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु