adv

मिडिया कप फुटसलको तयारी अन्तिम चरणमा,८ टिमको सहभागिता

सजन राई, दमक । पत्रकार मञ्च दमक झापाको आयोजनामा हुने मिडियाकप फुटसल प्रतियोगिता अन्तिम चरणमा पुगेको छ ।

आज (वुधबार ) दमकमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको बारेमा जानकारी दिइएको हो ।

सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक विष्णु पोखरेलले झापाकै पहिलो मिडिया फुटसल प्रतियोगिताको ९० प्रतिशत तयारी सकिएको बताए ।

मञ्चका अध्यक्ष कमन देवान भन्छन् “सञ्चारकर्मीहरुबीच आपसी भाइचारा वृद्धिका लागि प्रतियोगिता आयोजना गगरिएको हो र यसलाई सफल बनाउन सबै क्षेत्रबाट सहयोगको अपेक्षा गर्दछौ । “

यसैबिच आयोजकले प्रतियोगिताको टाइसिट सार्वजनिक गरेको छ ।

प्रतियोगितामा झापामा रहेका विभिन्न पत्रकार सम्वद्द संस्था, मिडिया हाउस र इलामको माङसेबुङबाट विभिन्न मिडिया गरी ८ वटा टिमको सहभागिता रहनेछ ।

जसमा आयोजक पत्रकार मन्च दमक,पाथीभरा एफ.एम ,हरप्रहर न्यूज ,एन एस जेएफ झापा,प्रेस चौतारी,पूर्वान्चल दैनिक,सताक्षी प्रेस क्लब र माड्ंसेबुड्ं अनलाइन रहेका छन् ।

प्रतियोगिता दमक ५ गोर्खाली टोल स्थित विस्ट् फुटसलको कोर्टमा कार्तिक २३ गते हुनेछ । विजेताले नगद १५ हजार १५ सहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले नगद १० हजार १० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

झापा मोडल इङ्लिस स्कुल दमक ८ ले पहिलो पुरस्कार प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार दमक ६ मा रहेको यावा मार्टले गरेको छ । उत्कृष्ट खेलाडी, गोल किपर र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने बताइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु