adv

बेलायतमा फाल्गुनन्द जयन्ति र चासोक पूजा सम्पन्न

१२ मंसिर, बेलायत । 


किरात सत्यहङ्मा महागुरु फाल्गुनन्द सोसाईटी युकेले लन्डनमा १६ औँ राष्ट्रिय विभूति महागुरु फागुनन्द लिङ्देनको १३९ जन्म दिवससहित चासोक ताङ्नाम (उधौली पूजा) सम्पन्न गरेको छ ।

कार्यक्रममा महागुरु फाल्गुनन्दको फोटोमा माल्यापर्णसहित उधौली पूजा गरिनुका साथै माँङ हाँवा केलाङ, माँङलाङ कार्यक्रम सम्पन्न गरिएको सस्थाका अध्यक्ष रतनकुमार चेम्जोङले जानकारी दिए ।

फाल्गुनन्द जयन्तिको अवसरमा लण्डनस्थित हर्लिङटनस्ति पिटर वे चर्चहलमा आयोजित सो कार्यक्रममा गोरखा नेपाली कम्यूनिटीज लण्डन बोरो होन्नसोलो अध्यक्ष डोल मल्ल, धनकुटा सेवा समाज युकेका अध्यक्ष मान प्रसाद सान्योक, किरात याक्थुङ चुम्लुङ युके सदस्य तेजकुमार लिम्बू, चुम्लुङ अक्सफोर्ड शाखा अध्यक्ष पद्मा लिम्बू, गोरखा नेपाली वेल्स आमा अध्यक्ष रूबी थेबेलगायतको सहभागिता रहेको थियो ।

संस्थाका उपाध्यक्ष हेम तुम्बापोले कार्यक्रमका सहभागीहरुलाई स्वागत गरेका थिए भने दिलकुमार साम्वाहाम्फेले चासोक बारे र माङसेवा गुरुरुद्र तुम्बापोले राष्ट्रीय विभूति महागुरूको योगदानको चर्चा गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु