adv

आत्मानन्द कप : घरेलु टोली माङसेबुङ फाईनलमा

तिजोक र दार्जिलिङ फाइनल पुग्न आज प्रतिस्पर्धा गर्दै

१३ मंसिर, माङसेबुङ ।


घरेलु टोली माङसेबुङ गाउँपालिका इलामको माङसेबुङ गाउँपालिका ५ मा जारी आत्मानन्द कपको फाईनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङलाई २–१ गोल अन्तरले स्तव्ध पार्दै माङसेबुङ उपाधि नजिक पुगेको हो ।

माङसेबुङको जितका लािग गौरव धिमाल र सक्सेस राईले १–१ गोल गरे । सिरिजंगा मोरङका लागि पारस कार्कीले १ गोल फर्काए पनि उपाधि चरणमा पुग्न त्यो काफी भएन ।

खेलको ३२ औँ मिनेटमा बिपक्षी टिमले फल गरेपछि पाएको फ्रिकिक्कको अवसरलाई सदुपयोग गर्दै धिमालले गोल गरेका थिए । पहिलो हाफ सकिदा १–० को अग्रता बनाएको माङसेबुङले दोस्रो हाफमा खेलको चौंथो मिनेटमा नै सक्सेर राईको गोलमा अग्रता दोब्बर बनाएको थियो ।

यसैगरि खेलको ३९ औं मिनेटमा सिरिजंगा मोरङका लागि पारस कार्कीले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए ।

खेलको म्यान अफ दी म्याच विजेता टिम माङसेबुङका गोलकिपर आयुस लिम्बू घोषित भए । उनले नगद दुई हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत आज (बुधबार) अन्तिम सेमिफाईनल खेलमा तिजोक युवा क्लव पान्थर र पाहुना टिम एमएफसी दार्जिलिङ भारतबीच उपाधि चरणका लागि प्रतिस्पर्धा हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले जानकारी दिएकी छन् ।

इलामको माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भइरहेको १६ औँ संस्करणको आत्मानन्द कप २०८० अन्तरष्ट्रिय फुटबल प्रतियोगिताको फाईनल खेल मंसिर १७ गते हुने खेलकुद कार्यक्रमका संयोजक तथा आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७० औँ शुभजन्मोत्सवमा आयोजित आत्मानन्द कप फुटबल प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु