adv

रोटरीले गर्यो रक्तदान, ५३ पिन्ट रगत संकलित

१४ मंसिर, दमक ।


रोटरी क्लब अफ दमकले आफ्नो १३ औँ स्थापना दिवसको अवसरमा ५३ पिन्ट रगत संकलन भएको छ ।

रोटरी क्लब अफ दमकका अध्यक्ष पदमराज बरालको अध्यक्षतामा बिहीबार बिहान दमक चोकको बरपिपल छहारीमा आयोजित बृहत् खुला रक्तदान कार्यक्रममा ५ महिलासहित ५३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी दमक उप शाखाका रक्त सञ्चार केन्द्र प्रमुख सिद्धार्थ दाहालले जानकारी दिए ।

रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक गौतम गुप्ताले जानकारी दिए ।

कार्यक्रममा क्लबका पदाधिारीसहित सामाजिक र राजनीतिक क्षेत्रका व्यक्तित्वहरु, युवा, विद्यार्थीलगायतले रक्तदान गरेका थिए भने रक्तदानको महत्व बारे जीवन चक्र नेपालका अध्यक्ष गणेश गौतमले प्रकाश पारेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु