२४ मंसिर,भद्रपुर । झापाको वुद्धशान्ति र अर्जुनधाराले आज भद्रपुरको मेची रंगशालामा जारी प्रथम जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधीका लागि प्रतिस्पर्धा गर्दैछन ।
शुक्रवार भएको सेमिफाइनलमा वुद्धशान्ति गाउँपालिकाले झापा गाउँपालिकालाइ हराएर फाइनलमा यात्रा तय गरेको हो भने अर्जुनधारा नगरपालिकाले मेचीनगर नगरपालिकालाइ हराउँदै फाइनलको यात्रा तय गरेको हो ।
झापाका पालिकाहरुको पहिलो लिग तथा नकआउट प्रतियोगितामा जिल्लाका १४ पालिका र आयोजक भद्रपुर झापा गोल्डकपको भद्रपुर ब्लेजर्स गरी १५ वटा टिमको सहभागिता रहेको थियो ।
विजेताले ३ लाख र उपविजेताले २ लाख सहित ट््रफि,मेडल र प्रमाणपत्र पाउने छन । साथै उत्कृष्ट खेलाडीहरु पनि पुरस्कृत हुनेछन । आज हुने फाइनल खेल अपरान्ह २ वजेवाट सुरु हुनेछ भने टिकट दर रु ५० तोकिएको छ ।