adv

धरानमा लिम्बू थरगत संस्थाको भूमी अधिकारसम्बन्धी भेला तथा बैठक सुरु

धरान । सुनसरीको धरानमा लिम्बू थरगत संस्था (याक्थुङ सयङ) मूल अभियान समितिको आयोजनामा भूमी अधिकारसम्बन्धी भेला तथा बैठक सुरु भएको छ ।

‘उपनिवेशीक कोशी नाम अस्वीकार गरौं, हाम्रो ऐतिहासिक भौगोलिक भूमिमा हाम्रै स्वशासन र स्वायत्तता कायम गरौं।´ भन्ने नाराको साथ भूमि अधिकार सम्बन्धी दोस्रो भेला तथा बैठक शनिवार सुरु भएको हो ।

२०२५ सालमा भएको छक्क्लिटार भेलामा सहभागी अग्रजहरू शेर बहादुर इङ्नाम, प्रेमभक्त तुङ्खेवा र ललित बहादुर सोदेम्बाबाट मुन्धुमी बिधिबाट कार्यक्रम उदघाटन् गरेका छन् । परम्परागत प्रथाजनिक पुर्खौली भूमिमा नियन्त्रण र व्यवस्थापन सहित स्वशासन, स्वायत्तता र याक्थुङ साम्सद तथा विधान र संविधान बारेमा नन्द कन्दङ्वा र यूएन स्पेशल रापोर्टरको नेपालमा भएको प्राग्यिक भ्रमण बारे जानकारी विषयमा अधिवक्ता शङ्कर लिम्बुले सहजीकरण गरेका छन् ।

भेलामा लिम्बु जातिका १४० थरका थरगत संस्थाहरूका प्रतिनिधि हजार बढी सहभागी छन् । भेलामा भारतको विभिन्न प्रान्तमा रहेका लिम्बुहरूको प्रनिधिनिहरु पनि सहभागी छन् ।

वक्ताहरूले लिम्बुवान भूमिबाट किपटको विशेष अधिकार हरण गर्ने रणनीति राज्यले १९९५ देखि नै अपनाएको बताएका छन् । उनीहरूले २०२५ सालमा तेह्रथुमको छकलिटारमा १० लिम्बुवान १७ थुमका लिम्बु अगुवाहरूलाई भेला गरी किपट हरणको विरुद्ध आन्दोलनमा उत्रिएका थिए ।

८४ वर्षीय शेरबहादुर इङनामले पृथ्वी नारायण शाहको एकीकरणकै बिच मृत्यु भएपछि प्रतापसिंह शाह राजा भए त्यस बेला सम्म लिम्बुवानमा तसलीपत्र लालमोहर अनुसार किपट व्यवस्थामा नयाँ नियमहरू लागु नभएको बताए । उनले भने ‘प्रतापसिंहको मृत्युपछि राजा भएका रणबहादुर शाहको पाला देखि लिम्बुवान भूमिमा किपट अधिकार खोस्न षडयन्त्र सुरु भएको थियो ।’ व्यवस्थालाई फुटाउन शुभाङगी लालमोहर ‘फोर्न’ पाउने चलन चलाइयो । लालमोहरका लागि ‘सुब्बा’ सहित ६ वटा पद सिर्जना गरियो ।

पूर्व सांसद समेत रहेका इङनामले भने ‘जो सुकैले राज्यलाई जग्गा दिएर लालमोहर पाउने भए, किपटका जग्गाहरू रैकरमा परिणत हुन थालेपछि किपट व्यवस्था कमजोर भई राज्यलाई किपट समाप्त गर्न सहज भएको थियो ।’ ८५ वर्षीय ललितबहादुर सोदेम्बाले भने ‘१९९५ साल देखि नै किपट खतम गर्ने नियत राखिएको थियो ।’ उनकाअनुसार राणा शासनको बेला किपट खतम गरिदैंछ भनी सेनाकै जर्नेलले लिम्बुवानमा किपट जोगाउन सुब्बाहरूबाट पैसा उठाउन लगाएका थिए ।

उक्त कुरा राणाको दरबारमा पुगेपछि किपट जोगाउने नाममा पैसा उठाएको आरोपमा शेरबहादुर लावती र काजीमान सुब्बालाई पक्राउ गरेर ल्याउन भाग्न खोजे टाउको लिएर आउने उर्दी जारी भएको उनले बताए । उनका अनुसार २०२५ सालको छकलीटर भेलाले किपट कायम गर्न डेलिगेसन जाने निर्णय गरेको थियो । लगत्तै राज्यले भेलामा सहभागी केहीलाई पक्राउ गरेको, अडान लिन नसकेको बताउँदै भने ‘त्यस बेला लिम्बुहरू लोभ लालचमा फसेकाले किपटको अधिकार बचाउन सकिएन ।’ कार्यक्रममा धरान उपमहानगरपालिका उपमेयर अइन्द्रबिक्रम बेघाले भेलाको सफलताको शुभकामना दिएका थिए ।

नन्द कन्दड्ंवाको समापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत आयोजक सदस्य सचिव नरप्रसाद लिम्बु तथा सन्चालन डा.कमल तिगेलाले गरेका थिए ।

भेला आज(मङ्सिर २४) सम्म जारी रहनेछ । याक्थुङ सयङ र सहजीकरण समूहको पुनर्गठन, प्रदेश कोशी नाम खारेजी आन्दोलनमा सहभागिता, प्रतिज्ञा घोषणा पत्रलगायत विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु