adv

लायन्स क्लब दमक युनाइटेटद्वारा माङसेबुङमा न्यानो कपडा वितरण

माङसेबुङ । लायन्स क्लब दमक युनाइटेटले माङसेबुङ ५ स्थित श्री जयश्वरी आधारभुत विद्यालयका ४९ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । आइतबार लायन्स क्लबका प्रतिनिधिहरु विद्यालयमा पुगी न्यानो कपडा वितरण गरेको हो ।

आइतबार एक कार्यक्रमकको आयोजना गरी सामग्री वितरण गरिएको हा । क्लब प्रेसिडेन्ट लायन गोपाल गजमेरको अध्यक्षतामा तथा माङसेबुङ गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष नरेन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता सुसन राई, विद्यालयका प्रध्यानाध्यापक कर्ण राई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मंगलसिंह राई लगायतले बोलेका थिए भने कार्यक्रम रिजन चियर पर्सन लायन साजन श्रेष्ठ सञ्चालन गरेका थिए ।

विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गर्दै ट्रयाकसुट सेट वितरण गरिएको कार्यक्रम सञ्चालक साजन श्रेष्ठले बताए । न्यानो कपडासँगै विद्यार्थीहरुलाई स्टेश्नरी सामग्री समेत वितरण गरिएको थियो ।
लायन्स क्लबको तर्फबाट प्रोग्राम कोर्डीनेटर लायन सन्दिप कालिकोटे, आइपिपि लायन सन्दिप बस्नेत, लायन प्रकाश गजमेर, लायन विवेक श्रेष्ठ, लायन कविध्वज राई लगायतको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु