adv

माङसेबुङमा विधार्थीहरुाई न्यानो कपडा वितरण

सजन राई ।

०७ पौष,माङसेबुङ, ईलाम । माङसेबुङ ४ मा रहेको ५ वटा विधालयका कक्षा ५ सम्मका विधार्धीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

माङसेबुङ ४ सिमलटार स्थित सरस्वति आधारभूत विधालयको सभाहलमा एक कार्यक्रमका बिच २६७ जना विधार्थीहरुलाई सुइटर वितरण गरिएको हो ।

शुक्रवार भएको कार्यक्रम क्लब हिमालयन टाइगर दमक शाखा र लायन्स क्लब अफ काठमाडौं सायाको संयुक्त आयोजना हो।

माङसेबुङ पालिका अध्यक्ष हेमन्त माक्रिहाङ राईको प्रमुख आथित्यता तथा सरस्वती आवि विधालय व्यावस्थापन समिति अध्यक्ष ललित नेम्बाङको अध्यक्षतामा सञ्चालित कार्यक्रममा माङसेबुङ शिक्षा, यूवा तथा खेलकुद प्रमुख बुद्धि प्रसाद खतिवडा, लायन्स क्लब अफ काठमाडौं साया प्रतिनिधि अर्जुन निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा माङसेबुङ पालिका प्रवक्ता सुसन रुङमाहाङ राई, दमक उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा क्लब हिमालयनका केन्द्रीय सदस्य राजु खड्का, क्लबका दमक शाखा सल्लाहकार छवि घिमिरे, दमक शाखा अध्यक्ष मेघनाथ फूयाल, उपाध्यक्ष अनु भण्डारी, सचिव तिर्थ राई, सह-सचिव सबिना साङपाङ, सदस्यहरु खगेन्द्र बजगाई, विनोद अधिकारी, विधालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षिकारहरुको उपस्थिति रहेको थियो ।

सरस्वती आवि सिमलटारका १५४ जना विधार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुका साथै अन्य विधालयहरुमा दुर्गम आवि तिनदोभाने १८ जना, जनज्योति आवि झिल्के १४ जना, जनता आवि सिङफेरे ३३ जना र श्री विध्या सिर्जनात्मक मावि मार्चेबुङका ४८ जना विधार्थीहरुलाई कपडा वितरण गरिएको हिमालयनका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक राजु अधिकारीले जानकारी दिए ।

कपडा वितरण कार्यक्रम सँगै विधालयको अर्धवार्षिक परिक्षाको नतिजा प्रकाशन गर्न पाउदा कार्यक्रम उपलब्धिमुलक भएको सरस्वती आविका प्रधानाध्यापक दाताराम खनालले बताए ।

शिक्षक मुगाधन राईको सञ्चालन रहेको कार्यक्रममा शिक्षिका तेज कुमारी पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु