adv

कमल गाउँपालिकाद्वारा खेलाडीहरुलाई सम्मान

 

झापा। झापाको कमल गाउँपालिकाले गाउँपालिकाका खेलाडीहरुलाई सम्मान गरेको छ । विभिन्न प्रतियोगिताहरुमा विजयी प्राप्त गरेका गाउँपालिकाका पुरुष फुटबल खेलाडीहरुलाई पालिकाले सम्मान गरेको हो ।

झापाको गौरीगञ्ज १ महाभारा र तेह्रथुमको छथर गाउँपालिकामा भएको फुटबाल प्रतियोगितामा कमल गाउँपालिका खेलकुद विकास समितिले सहभागिता जनाई प्रथम स्थान हासिल गरेको थियो ।

मंगलबार एक कार्यक्रमको आयोजना गरी पालिका अध्यक्ष हुकुमसिंह राईको उपस्थितिमा दुबै प्रतियोगितामा पालिकाको प्रतिनिधित्व गर्दै खेलेका खेलाडीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा अध्यक्ष हुकुमसिंह राई, प्रमुख प्रशासकीय अधिकृत राज कुमार शाक्य लगायतले खेलाडिहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा खेलकुद समितिका सदस्य सचिव सुर्य न्यौपानेले कार्यक्रममा समितिका अध्यक्ष तथा वडासदस्य सन्तकुमार मगर, उपाध्यक्ष तेजकुमार राई, सुदिप थुलुङ, सदस्यहरु मनोज गुरुङङ तेजु आङ्देम्बे, रुस्तम राई, दिप नेम्बाङङ लोक बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु