१८ पुष, बिर्तामोड ।

देवी मावि मिनि म्याराथन (११ किलोमिटर)को उपाधि स्काइ लिम्बू र सुस्मिता राईले जितेका छन् ।
धुलाबारी मोडबाट मंगलबार सुरु भएको मिनि म्याराथनमा मिक्लाजुङ ३ पाँचथरका लिम्बूले निर्धारित दूरी ३९ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका थिए ।
त्यस्तै, भद्रपुर २ की राईले ५५ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन बनिन् ।
उपाधिसँगै लिम्बू र राईले समान २१ हजार नगद, मेडल र प्रमाणपत्र पाउने छन् ।
त्यस्तै, पुरुषतर्फ धावक फिदिम १० पाँचथरका मुक्साम लिम्बूले ३९ मिनेट १३ सेकेन्डको समय निकाल्दै दोस्रो भएर चित्त बुझाएका थिए भने शिवसताक्षी ३ का समिर कन्दङवाले ४० मिनेटमा दौड पूरा गर्दै तेस्रो स्थान हाँसिल गरेका थिए ।
महिलातर्फ भने बुद्धशान्ति ५ की सरिता दनुवारले निर्धारित दूरी ५८ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै दोस्रो र अर्जुनधारा ११ की सिमना जबेगूले १ घण्टा १ मिनेट १३ सिकेन्ड समय निकाल्दै तेस्रो स्थान हाँसिल गरेकी हुन् ।
मिनि म्याराथनका दोस्रोले १५ हजार, मेडल र प्रमाणपत्र पाउने छन् भने तेस्रो स्थानका ले ११ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
विजेताहरुलाई पुष १९ गते विद्यालयमा हुने वार्षिकोत्सवको कार्यक्रममा पुरस्कार प्रदान गरिने देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिइन् । प्रतियोगितामा महिला तथा पुरुष गरी १३४ जना धावकहरुले सहभागिता जनाएका थिए ।
देवी माविले आफ्नो ६१ औँ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।

