१९ पुष, दमक ।

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार पदबाट गत महिना नै राजीनामा दिएका माओवादी नेता हरिबोल गजुरेलको राजीनामा बिहीबार स्वीकृत भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिएको जानकारी अनुसार गत महिना नै गजुरेलले दिएको राजीनामा मंसिर २० बाट लागू हुनेगरी स्वीकृत भएको हो ।
यसअघि गजुरेलले आफ्नो राजीनामा स्वीकृत हुन ढिलाइ भएको भन्दै असन्तुष्टि पोख्दै आएका थिए । उनले अनलाईन न्यूजपोर्टल रातोपाटीसँग कुराकानीका क्रममा भनेका थिए –‘मैले मङ्सिर २० गतेबाट नै लागु हुने गरी राजीनामा दिएको हुँ । त्यस दिनबाट म बालुवाटार र सिंहदरबार कार्यालय गएको छैन । लामो समयसम्म उहाँले राजीनामा किन होल्ड गर्नुभयो, मैले बुझेको छैन । राजीनामा स्वीकृत नहुँदा सरकार र प्रधानमन्त्रीलाई नै असर गर्छ ।’
गजुरेलले काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको दाबी गर्दै आएको भए तापनि प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयभित्र खास के भएको हो ? के कारण गजुरेलले राजीनामा दिएका हुन् ? भन्ने विषय बाहिर आएको छैन ।

