adv

बिर्तामोडमा ‘आदिवासी जनजाति पर्यटकीय दोस्रो महोत्सव आयोजना हुने

१९ पुष, बिर्तामोड । झापाको बिर्तामोडमा ‘आदिवासी जनजाति बिर्तामोड नगर पर्यटकीय दोस्रो महोत्सव २०८०’ आयोजना हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समितिले आयोजना गर्ने महोत्सव माघ ९ गतेदेखि शुरु भई माघ ३० गतेसम्म सञ्चालन हुनेछ ।

आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समितिले महोत्सव आयोजनाको बिषयमा जानकारी गराएको हो ।

आन्तरिक बजार सवलीकरण लागि व्यवसायीक उत्थान तथा निकासी योग्य वस्तुमा जोड दिने लक्ष्यका साथ महोत्सवको आयोजना गरिएको आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समितिका अध्यक्ष राजकुमार राजवंशीले जानकारी दिए ।

महोत्सवमा आदिवासी जनजाति समुदायको कला, संस्कार, संस्कृती तथा भेषभुषा, विभिन्न प्रकारका खानाका परिकारहरु मुख्य आकार्षण हुने उनले बताए ।

महोत्सवमा बिर्तामोड नगर भित्र रहेका विभिन्न २२ वटा आदिवासी जनजातिहरुको जातिय संस्कृतीहरुको प्रस्तुति रहने बताइएको छ । २१ दिन सम्म संचालन हुने महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने मेला आयोजक समितिका उपाध्यक्ष दिपेन चौधरीले जानकारी दिए ।

महोत्सव बिर्तामोड–५ स्थित सिटि सेन्टर उत्तर माता मन्दिर रोड बाटो पूर्व पट्टी रहेको खाली ठाउँमा संचालन हुने महोत्सवमा १५० वटा व्यवसायीक स्टल रहने जनाईएको छ । जसमा १७ वटा स्टलमा आदिवासी जनजातिका संस्कार, संस्कृति झल्किने विभिन्न सामाग्रीहरुको प्रदर्शन र बिक्री हुने आयोजक समितिका सचिव सन्तोष बेघाले जानकारी दिए ।

आर्थिक तथा सामाजिक उत्पादनका लागि उद्योग, व्यापार, शिक्षा, कृषि र पर्यटनको प्रवद्र्धनमा टेवा पुर्याउने दिर्घकालिन लक्ष्य राखेर महोत्सवको आयोजाना गरिएको बताइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु