adv

एसईई परीक्षा चैत १५ देखि २७ सम्म

७ माघ, दमक ।


माध्यमिक शिक्षा (एसईई) २०८० को परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसईई परीक्षा मिति तय गरेर सार्वजनिक गरेको हो ।

बोर्ड अध्यक्ष डा. महाश्रम शर्माले दिएको जानकारी अनुसार चैत ११ र १२ गते होली पर्व रहेको हुँदा होलीपछि गर्ने गरी परीक्षा मिति तय भएको हो ।

बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा गर्नुपर्ने भए पनि होली पर्वका कारण परीक्षा मिति वरपर भएको हो ।

यस वर्ष चार लाख ८९ हजार ४४४ जनाले परीक्षामा सहभागी हुन रजिष्ट्रेसन फाराम भरेका बताइएको छ । तीमध्ये दुई लाख ४६ हजार चार छात्र र दुई लाख ४३ हजार ४४० छात्रा रहेका छन् ।

यो वर्षको परीक्षामा प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनै पर्ने व्यवस्था गरिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु