४ माघ, दमक ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) को झापा जिल्ला समिति पुनर्गठनबाट दिपेन बाला राईको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
शनिबार झापाको विर्तामोडस्थित किरात याक्थुङ चुम्लुङ विर्तामोडको सभाहलमा आयोजित एक कार्यक्रमका बीच जसपा झापा जिल्लाको पुनर्गठन कार्य सम्पन्न गरिएको हो ।
पुनर्गठित समितिका उपाध्यक्षद्वयमा सन्तोष गणेश र बुद्धिमान खोयाहाङ चयन भएका छन् भने सचिवमा रोम घिमिरे, उप सचिवहरुमा क्रमशः चिजा राई र धर्म गुरागाईं, कोषाध्यक्षमा ज्ञानेन्द्र कुरुङभङ चयन भएका छन् ।
सदस्यहरुमा हर्कराज खालिङ, बुद्ध बराइली, नुतन झा, रमण राजवंशी, सुदिप थुलुङ, बिराट किराती, पदम श्रेष्ठ, शंकर मेचे, तारा लिम्बू, गोपाल ताजपुरिया, शान्ता पालुङ्वालगायत छन् ।
जिल्ला समिति पुनर्गठन कार्यक्रममा जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतलगायतले शुभकामना व्यक्त गरेका थिए ।
जसपाले गत असारमा पार्टीको विधान अधिवेशनबाट नयाँ विधान पारित गरेसँगै पार्टी समितिहरुलाई विधानअनुसार पुनर्गठन गरेको हो । नयाँ विधान अनुसार जसपाले झापा जिल्लालाई प्रदेश १ को मधेश राष्ट्रिय समितिअन्तर्गत राखेको छ ।


