adv

फ्रेण्डली भेट्रान फुटसल प्रतियोगिताको उपाधि विर्तामोडलाई

१० माघ, दमक ।


फ्रेण्डली भेट्रान फुटसल प्रतियोगिताको उपाधि विर्तामोड भेट्रानले जितेको छ ।

झापाको दमक ५ स्थित बिष्ट फुटसलको खेल मैदानमा मंगलबार आयोजित प्रतियोगिताको फाइनल खेलमा बिर्तामोडले दमक रातो भेट्रानलाई ११–८ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

विर्तामोड भेट्रानले दमक निलो भेट्रानलाई ६–११ गोल अन्तरले पाखा लगाउँदै फाइनल प्रवेश गरेको थियो भने दमक रातो भेट्रानले पत्रकार ११ लाई ८–३ गोल अन्तरले स्तब्ध पारेर विर्तामोडसँग फाइनल भिडन्त पक्का गरेको थियो ।

दमक निलो भेट्रानको आयोजनामा आयोजित प्रतियोगिताको विजेताले नगद १० हजार प्राप्त गर्यो ।

आपसी भाइचारा कायम गर्ने उद्देश्यले नेपालको पूर्व राष्ट्रिय खेलाडी, वर्तमान राष्ट्रिय टोलीका सहायक कोच प्रवेश कटुवालको उपस्थितिमा मैत्रिपूर्ण प्रतियोगिता गर्न पाउँदा खुशी लागेको आयोजक निलो भेट्रानका सुशिल तामाङले बताए ।

उनका अनुसार झापाका लिजेण्ड फुटबल खेलाडी आएर खेल्नु समग्र दमक तथा झापाका फूटबल खेलाडीहरुको निम्ति प्रेरणा हो । त्यसैले पनि यस्ता प्रतियोगिता हुनु पर्दछ ।

सो अवसरमा सहायक प्रशिक्षण कटुवाललाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु