adv

नाटक ‘मासिन्या’ बिहीबारदेखि मण्डलामा मञ्चन हुने

९ माघ, दमक ।


माघ ११ देखि २८ सम्म नाटक मासिन्या’ मञ्चन हुने भएको छ । राजधानीको बानेश्वर थापागाउँस्थित मण्डला थिएटरमा नाटक मञ्चन हुनेछ ।
सो बारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

चर्चित कलाकार बुद्धि तामा ‘हैट’ र सोनाम लामाको परिकल्पना र निर्देशन रहेको नाटक सोमबार बाहेक हरेक दिन बेलुका ५ बजे मञ्चन हुने जानकारी दिइएको हो ।

नाटक ‘मासिन्या’लाई लक्ष्मी रुम्बा, राजु स्याङ्तान र राबतले लेखेका हुन् भने नाटक निर्माणमा ताम्सालिङ संघर्ष समितिको समेत सहयोग रहेको बताइएको छ ।

नाटक लेखक स्याङ्तानले नाटकले जंगबहादुरले मासिन्या कानुन ल्याएपछिको परिस्थितिलाई दर्शाउन खोजिएको बताए । ‘त्यो कथा सुनाउने समय पहिले थिएन । अब भने खुल्ला समाजलाई देखाउन जरुरी छ,’ उनले भने ।

तामाङ घेदुङका अध्यक्ष गोले तामाङले यो नाटकले सामाजिक दबाब बढाउन योगदान दिने बताए ।

डेढ घण्टा लामो नाटकको प्रिमियर बुधबार मण्डला थिएटरमा गर्ने तयारी छ । नाटकमा सोनम लामा, रोहनी लामा, रुपेश तामाङ, रमिता मोक्तान, विष्णु मोक्तान लगायतको अभिनय हेर्न पाइने छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु