adv

मुक्कुम्लुङमा केबुलकार निर्माण योजनाप्रति याक्थुङ युवा मञ्चको आपत्ति

१० माघ, दमक ।


याक्थुङ युवा मञ्चले सेमुक्तुकोक् (मुक्कुम्लुङ)को मुन्धुमी, साँस्कृतिक र प्राकृतिक सम्पदा नष्ट गर्ने प्रपञ्च भएको भन्दै आपत्ति जनाएको छ ।

याक्थुङ युवा मञ्चले मुक्कुम्लुङ क्षेत्रमा विकासका नाउँमा केबुलकार बनाउने कार्यलाई सा.स्कृति अतिक्रमणको संज्ञा दिँदै विज्ञप्तिमा भनेको छ –‘अतिक्रमणको तिब्र आकांक्षाबाट विकासको नाममा मान्छेहरुलाई भूलाएर, झुलाएर छिटो छिटो इतिहास मेट्न तल्लिन छन् ।’

केबुलकार निर्माण कार्यको सशक्त प्रतिरोध गर्ने चेतावनी दिइएको विज्ञप्तिमा यो विषय मूलतः रैथाने आदिवासी र आप्रवासी उपनिवेशकारीहरु बीचको द्वन्द्व भएको उसको ठहर छ ।

मञ्चका महासचिव संगीता सुहाङ र अध्यक्ष राजेन्द्र इधिङ्गोको हस्ताक्षर रहेको विज्ञप्तिमा आदिमकालदेखि आदिवासी याक्थुङ (लिम्बू) येबा, फेदाङ्मा, साम्बाहरुले विभिन्न नामले पुकार्दै आएको मुक्कुम्लुङ याक्थुङ (लिम्बू) समुदायको आध्यात्मिक मुन्धुमीस्थल भएको उल्लेख छ ।

मुनाफाको उद्देश्य बोकेको व्यापारिक कम्पनीको केबुलकार निर्माण योजनालाई सरकारले प्रश्रय दिएको भन्दै विज्ञप्तिमा केबुलकार निर्माण कार्यको प्रतिरोध गरिने जनाइएको हो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु