adv

काँकरभिट्टामा गोर्खा सांगीतिक साँझ–२ आयोजना हुने

काँकरभिट्टा ।  झापाको काँकरभिट्टामा गोर्खा सांगीतिक साँझ–२ आयोजना हुने भएको छ । द गोर्खा मेमोरियल फाउण्डेशन नेपाल र काँकरभिट्टा भेट्रान फुटबल क्लबको संयुक्त आयोजनामा कार्यक्रम हुने भएको हो ।

मंगलवार काँकरभिट्टामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यही माघ २७ गते काँकरभिट्टा टाउन हलमा कार्यक्रम हुने जानकारी दिईएको हो ।सांगीतिक साँझमा द गोर्खा मेमोरियल फाउण्डेशन यूकेका अध्यक्ष एवं बेलायतको फोक्सटन सिटीका पूर्व काउन्सिलर धनकिरण गुरुङको प्रस्तुति रहनेछ । गुरुङ फोक्सटन सिटीका पहिलो नेपाली काउन्सिलर हुन् । उनी सांगीतिक क्षेत्रमा समेत सक्रिय छन् । गीतकार, संगीतकार र गायककारको छवि बनाएका गुरुङका दुई वटा गीतले अवार्डसमेत प्राप्त गरेका छन् ।

साथै भारत दार्जिलिङबाट चर्चित हास्य कलाकार महेन्द्र बागदास,गायिका सृष्टि हिङ्माङ र द भ्वाइस अफ किड्सको रनर अप अनुजा कडँरियासहित अन्य स्थानीय कलाकार र ख्यातीप्राप्त ब्याण्डको प्रस्तुति रहने छ । उद्घोषकको रुपमा  पश्चिम बंगालका मिस्टर सिंह र सञ्चारकर्मी भूमिका सुब्बा रहनेछन ।

कार्यक्रममा फाउण्डेशनका महासचिव जगत गुरुङ, काँकरभिट्टा भेट्रान फुटबल क्लबका महासचिव शेरबहादुर बस्नेत(सुन्दर), प्रथम उपाध्यक्ष राजु पौडेललगायत फाउण्डेशन र भेट्रानका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।

फाउण्डेशनका अध्यक्ष नगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत फाउण्डेशनका उपाध्यक्ष एवं भेट्रानका अध्यक्ष गंगालाल गुरुङ र सञ्चालन फाउण्डेशनका सदस्य सन्तोष आचार्यले गरेका थिए ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु